काठमाडौँ, ९ असोज । संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारी साधनमा जनचेतनामूलक सामग्री सहितको पेनड्राइभ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ’, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा एक हजार थान पेनड्राइभ वितरण […]
समाज
उड्डयन क्षेत्रको सुधारले हवाई दुर्घटना दर घट्यो: पर्यटनमन्त्री
काठमाडौँ, ९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर घटेको बताएका छन । क्यानाडाको मन्ट्रियलमा जारी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को ४० औँ महासभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पछिल्लो समय नेपालले अपनाएको हवाई सुरक्षा सतर्कता, विमानस्थलको […]
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण
काठमाडौँ, ९ असोज । तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनयाँ योजना अगाडि सारेको छ । सोही क्रममा प्राधिकरणले […]
जलकुम्भी झारले कुरुप बनाइरहेको अवस्थामा फेवाताल बचाउन पहल
पोखरा, ९ असोज । पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान शुरु गरिएको छ । वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो । फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर जाने बाराहीघाटबाट […]
दर्ता दस्तुर छुट भएपछि महिला उद्यमी बढे
लहान, ९ असोज । घरको काममा सीमित रहँदै आएकी सिरहाको नवराजपुर–४ की सरिता कुमारी यादव यतिबेला गाउँ नजीकैको चौकमा जनरल स्टोर्स सञ्चालन गर्न थालेकि छन । गत साउन २५ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सरिता जनरल स्टोर्स दर्ता गराउनुभएकी सरिता यतिबेला असल गृहणीसँगै सफल व्यापारी पनि बन्ने अभियान छन । शुरुमा श्रीमान्लाई सञ्चालक […]
विद्युत् सेवा अवरुद्ध, बस्ती अन्धकार
रुकुमपूर्व, ९ असोज । भुमे गाउँपालिकाका विभिन्न बस्ती शनिबारदेखि अन्धकार भएका छन् । गाउँपालिकाको वडा नं २ स्थित त्रिवेणी लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा अवरुद्ध हुँदा बस्ती अन्धकार भएको हो । विद्युत् सेवा अवरुद्ध भएपछि वडा नं २ का गाबाङ, काँक्री, दहबाङ, आरुडाना, सैपातुङ, जङ्गाधाराखा र खाबाङ बस्तीका ५०० घरधुरी अन्धकार भएको छ । विद्युत् […]
डेरीबाट स्वरोजगार बन्दै युवा
इलाम, ९ असोज । इलाम नगरपालिका वडा नं १२ का राजिन राई १८ वर्ष मै खाडी मुलुक हानिए । घरको आर्थिक समस्या गहिरिए पछि उनले विदेशिनुको विकल्प देखेनन् । दुई लाख खर्च गरेर राजिन मलेशिया त हानिए तर विदेशमा पैसा कमाउनुको पीडा उनलाई मलेशिया पुगेपछि मात्र थाहा भयो । दुःख गरेर मलेशिया पुगे पनि कमाइ […]
माटाबाट भगवान् बनाइँदै
राँझा, ९ असोज । बाँकेको जानकी गाउँपालिका– ६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटासँगै बित्छ । दिनरात उनि माटाबाट भगवान्का विभिन्न आकृति बनाउन व्यस्त छन । नेपालगञ्ज–कोहलपुर चारलेन सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवान्को आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका हरिजनको यो पुख्र्यौली पेशा […]
एक पटक धान रोपे तर दुई पटक बाली भित्र्याए
लम्की, ९ असोज । कैलालीको भजनी नगरपालिकाका किसान चैतमा रोपेको धानलाई दोस्रो पटक काट्दैछन् । वर्षेनी बाढी आउने भएकाले यहाँका किसान चैतमा मात्र धानबाली लगाउँछन् । यसवर्ष किसानले पहिलो पटक जेठ, असारमा धान भित्र्याएका थिए । असारमा धानबाली घर भित्र्याएका किसान पुनः अहिले धान काट्दैछन् । भजनीका किसानले एक दशक अघिदेखि चैते धान रोप्दै आएकामा […]
वृहत् निःशुल्क स्वास्थ्यशिविर हुँदै
बागलुङ, ९ असोज । आउँदो कात्तिक ६ र ७ गते धवलागिरि अञ्चल अस्पताल बागलुङमा वृहत् निःशुल्क स्वास्थ्यशिविर सञ्चालन हुने भएको छ । अस्पताल र रोटरी क्लब बागलुङको संयुक्त आयोजनामा हुने शिविरमा ताइवान र नेपालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गर्नेछन् । दुई दिनसम्म चल्ने शिविरमा पाँच हजार सर्वसाधारणलाई सेवा प्रदान गर्ने लक्ष्य […]











