भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न

गोरखा २१, कात्तिक । गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिए । “जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पु¥याएको हो”, उनले भने, “त्यसमध्ये […]

सामाजिक विकास मन्त्रालयद्वारा १६ वटा एम्बुलेन्स हस्तान्तरण

कैलाली, २० कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले खरीद गरेका १६ वटा आधुनिक सुविधायुक्त एम्बुलेन्स प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज धनगढीमा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरे । मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको […]

जहा मनमनै होइन, चिच्याएर वर मागिन्छ

पाल्पा, २० कात्तिक । हिन्दूधर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो । तीन दिनसम्म चल्ने मेला कात्तिक २४ […]

सत्यवातीमा चिच्याएर बर माग्ने मेलाको तयारी तिब्र, मेला ३ दिनसम्म चल्ने

पाल्पा, २० कात्तिक । नेपालकै अनौठो मानिने चिच्याएर बर माग्ने पाल्पाको सत्यवती मेलाको तयारी सुरु भएको छ । मेला मुल आयोजक समितिको आयोजनमा आज भएको पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरण्मा पुगेको जानकारी दिईएको हो । यस वर्षको मेला यही कात्तिक २४, २५ र २६ गते गरि तिन दिन सम्म चल्ने मुल आयोजक समितिका संयोजक […]

सन्धिखर्कको नरपानी कार दुर्घटनामा एकै परिवारका तीनको मृत्यु, दुई घाइते

अर्घाखाँची, २० कात्तिक । सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा आज बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । कार […]

ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु

खलङ्गा, २० कात्तिक । सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल […]

ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि।।।

पाँचथर, २० कात्तिक । पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताईन । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताईन । कुटपिटपछि ससुराले डाम्नलाई फलाम […]

कुखुरा फार्मले बदलिदियो सदाको दिनचर्या

लहान, २० कात्तिक । कुनै बेला वैदेशिक रोजगारीमै आफू र परिवारको भविष्य देखेर विदेशिएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहाका रविन सदा अहिले घरमै कुखुरापालनमा रमाइरहेका छन । घर नजीकै खाली रहेको जग्गामा उनको कुखुरा फार्म छ । कुखुरापालनबाटै राम्रो आम्दानी हुन थालेपछि पैंतीस वर्षीय सदाले अब विदेश जाने सोच नै त्याग्नु भएको छ । काम गर्न […]

कात्तिक नाचअन्तर्गत युद्धकला मञ्चन हुँदै

ललितपुर, २० कात्तिक । सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत ३७९ वर्ष पुरानो ललितपुरको ऐतिहासिक कात्तिक नाचको आज छैटौँ दिन युद्धकला नृत्य मञ्चन गरिने भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अबधिभर कात्तिक नाच हुने गर्छ । आज आयोजना हुने पहिलो चरणको नाटकमा उषा हरण र माधवानल लीलासम्बन्धी युद्धकला […]

जिल्ला अस्पतालमा चिकित्सक अभाव

खाँदबारी, २० कात्तिक, । खाँदबारी नगरपालिका–१ की लक्ष्मी कार्की तातोपानीले शरीरमा नराम्रोसँग पोलेकाले उपचार गर्न खाँदवारीस्थित जिल्ला अस्पताल पुगे । दक्ष चिकित्सक नभएकाले उचित स्वास्थ्यसेवा नपाएको बिरामी कार्कीको गुनासो थियो । आइतबार अस्पताल भर्ना हुनुभएकी लक्ष्मी कार्कीले भने, “सरकारले ५० श्ययाको अस्पतालमा स्तरवृद्धि गरेपनि सेवा भने स्वास्थ्यचौकीको जति पनि पाइएन ।” खाँदवारी अस्पतालमा भर्खर एमबिबिएसको […]