तामाङ प्रसारण दिवसमा तीन संस्था सम्मानित

बनेपा, २ भदौ । तामाङ पत्रकार सङ्घद्वारा ‘२५औँ तामाङ प्रसारण दिवस’को अवसरमा यहाँ आयोजित ‘तामाङ प्रसारणको रजत जयन्ती समारोह, सम्मान तथा अन्तरक्रिया’ कार्यक्रमको आयोजना गरी तीन वटा प्रसारक संस्थालाई आइतबार सम्मान गरिएको छ । तामाङ भाषाका कार्यक्रम नियमित प्रसारण गरी तामाङ भाषा संरक्षण, सम्वद्र्धन र सूचना प्रचार÷प्रसारमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ती सञ्चार संस्थालाई […]

रवि लामिछानेलाई सिआईबिले हेर्ने अनुसन्धान ब्यूरोको टोली चितवनमा

भरतपुर, १ भदौ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनले काठमाडौँबाट आएको चार […]

भोटेकोशीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह

रसुवा, १ भदौ । भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन् । भोटेकोशीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको छ । पानीको बहाव […]

रवि लामिछानेलाई पक्राउ गरेको आक्रोशमा प्रहरीलाई गाली गरेर फेसबुकमा लेख्ने पक्राउ

काठमाडौं, १ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थनमा अहिले देशभित्र र देशबाहिर व्यापक जनलहर देखा परेको छ । खासगरी सामाजिक सञ्जालमा सक्रिय रहेका धेरै युवाहरु उनको पक्षमा उर्लिएका छन् । देशभित्र उनलाई हिरासमा राखिएको चितवनमा सडकमै मानिसहरु उर्लेका छन् भने देशका अन्य विभिन्न जिल्ला र देश बाहिर रहेका लामिछानेका समर्थकहरुले सामाजिक सञ्जालमा उनको […]

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले बहुविवाह मुद्दा खेपिरहेकी नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । चलचित्र निर्माता छविराज ओझासँग चौथो श्रीमतीका रुपमा विवाह गरेकी शिल्पा र ओझाका विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो । […]

ठेक्का तोडिएपछि हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

हेटौँडा, १ भदौ । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको हो । आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले […]

चालक अनुमतिपत्र लिन जानेलाई खुशिको खबर यातायात व्यवस्था विभागमा सहायता कक्ष शुरु

काठमाडौँ, १ भदौ । चालक अनुमतिपत्रसँग सम्बन्धित गुनासो दैनिक आइरहँदा यातायात व्यवस्था विभागले ‘सहायता कक्ष’को शुरु गरेको छ । चालक अनुमतिपत्रसँग सम्बन्धित जिज्ञासा लिएर दैनिक सेवाग्राही आइरहँदा कार्यालयमा सधैँ भीडभाड भइरहेकाले यो सेवा शुरु गरिएको विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार दुई दिनपहिले शुरु भएको कक्षले अनुमतिपत्र अनलाइन आवेदन, छपाइ, वितरण लगायतका विषयमा […]

सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजना पक्राउ

पोखरा, १ भदौ । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का […]

सम्झनाले दिइन रवि लामिछानेविरुद्ध किटानी जाहेरी

काठमाडौं, १ भदौ । चर्चित पत्रकार रवि लामिछानेका विरुद्ध किटानी जाहेरी परेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनका विरुद्ध किटानी जाहेरी परेको हो । प्रहरी हिरासतमा रहेका न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । उनीसँगै उनका सहकर्मी […]

सडकको दुरवस्थाः यातायात सञ्चालनमा कठिन

रसुवा, १ भदौ । नेपालको उत्तरी नाका रसुवागढीको सडकको दूरावस्थाका कारण त्यहाँ सञ्चालन हुने बस तथा कन्टेनरलाई समस्या भएको छ । नागरिक समाजका अनुसार धुञ्चेदेखि उत्तरी क्षेत्र खोपाङ भिर क्षेत्रका सडक दिनानुदिन जीर्ण हुँदै गएको छ । हिलोमा सवारीसाधनका चक्का गाडिएर एउटा मोटर पार गर्न घण्टौँ लाग्ने गरेको छ । डिभिजन सडक कार्यालयले मेशिन उपकरण […]