काठमाडौं, २ चैत । कोटेश्वर- कलंकी ८ लेन सडक खण्डमा सवारी साधनलाई लेन प्रयोगमा नयाँ नियम लगाइएको छ । यात्रुवाहक तथा मालवाहक गाडी बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन दाहिने मुख्य द्रुत लेनबाट मात्र चलाउने व्यवस्था चैत २ गतेदेखि लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला […]
समाज
कर्णाली प्रदेशमा ११ वर्षपछि चैत महिनामा हिमपात, जनजीवन प्रभावित
डोल्पा, २ चैत । कर्णाली प्रदेशका हिमाली जिल्लामा धेरै वर्षपछि चैत महिनामा हिमपात भएको छ । हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालीकोटमा शुक्रवारदेखि निरन्तर हिउँ परेकाले बालबालिका, वृद्धवृद्धा र ज्याला मजदुरी गर्ने मानिसहरू प्रभावित भएका छन् । हिमपातकै कारण सोमवारबाट सुरु सुरु हुन लागेको दादुरा(रुबेला खोप अभियान प्रभावित भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। टाढाटाढाबाट बालबालिका लिएर […]
कपिलवस्तुबाट १८ किलो चरेशसहित ३ जना पक्राउ
कपिलवस्तु, २ फागुन । कपिलवस्तुबाट १८ किलो चरेशसहित कपिलवस्तुमा ३ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको विशेष टोलीले चेँकजाँच गर्दा जिल्ला दाङ हसीपुर गाउपालिका वडा नं.०२ बस्ने वर्ष ३१ को रामतुल मिया दाङकै राप्ती गाउपालिका वडा नं.१ लम्तिया बस्ने वर्ष ४१ को जितमान मिया र रोल्पा सुनछहारी गापा वडा न.२ बस्ने […]
असिनाले चुटेर १० वर्षीय बालकको मृत्यु
अर्घाखाँची, २ चैत । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ। नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा […]
कोरोनाभाइरस महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा थप प्रतिबन्ध
युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन् । स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् (कोभिडढ-१९ ) बाट मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य […]
सतुङ्गलमा टिपर र जिप ठोक्किदा तीन घाइते
काठमाडौँ, २ चैत। सतुङ्गलमा टिपरमा जिप ठोक्किँदा तीन जना घाइते भएका छन् । सडक किनारमा रोकी राखेको ना५ख ६७८५ नम्बरको टिपरमा प्रदेश ३–०१–०२२ च ३५५६ नम्बरको जिप बिहान ४ बजे ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेमा जिप चालक धादिङका २५ वर्षीय सरोज खड्का, जीपमा सवार मकवानपुरको पदमपोखरी नगरपालिका–८ का […]
धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, उत्पादनमा संलग्न ७ जना पक्राउ
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा दुईसातायता विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। पछिल्लो पटक उपचारको क्रममा ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको हो। उनीहरुको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ। ईन्द्रजीतको धरानमा, सत्रुधनको जानकी मेडिकल शिक्षण अस्पतालमा र माउसराम यादवको घरमै मृत्यु भएको स्थानीय उमेश यादवले […]
धनुषामा विषाक्त मदिरा सेवनबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या ८ पुग्यो
जनकपुरधाम । धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट थप तीनको मुत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ । मदिरा सेवनबाट सिकिस्त बिरामी परेका २ जनाको र शुक्रबार मदिरा सेवन गरेका थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयामा विषाक्त मदिरा […]
(कोभिड–१९) को सङ्क्रमण भित्रिन नदिन पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क
काठमाडौं, ३० फागुन । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर ,शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् । डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए । बलरा, धरम, ढोया, कुस्मत र खैरेनी […]
गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण
गुल्मी, ३० फागुन । गुल्मी जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ । तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित रहेका छन्। इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालीगण्डकीमा चार, चन्द्रकोटमा २०, रेसुङ्गा नगरपालिकामा […]











