नेपाल राष्ट्रिय कर्मचारी महासंघका पूर्व केन्द्रीय सचिव एवं नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय समितिका अध्यक्ष प्रकाश अवालेलाई पितृशोक परेको छ । ललितपुर वार एशाेसिएशनका सदस्य समेत रहेका अवालेका पिता किसलाल अवालेको बुधवार राति निधन भएको हो । ८४ वर्षकाे उमेरमा ललितपुरको नखिपोटस्थित निवासमा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनी […]
समाज
शिक्षक लाइसेन्स: निमावि सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । बिहिवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी २२ हजार ९९ परीक्षार्थी मध्ये ७४२ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै १२३३ जनाको वस्तुगत परीक्षा रद्द […]
नक्कली मुद्रा सहित दुई जना पक्राउ
काठमाडौ, ६ चैत । बुधबार साँझ नक्कली मुद्रा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका–१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका–२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन् । उनीहरुले नक्कली मुद्रा चल्तीमा ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खाँडादेवी र प्रहरी […]
(कोभिड–१९) पहिचान र निरोधका लागि विश्व बैङ्कको थप १४ अर्ब सहयोग
काठमाडौँ, ६ चैत । माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को पहिचान र निरोधका लागि विश्व बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले थप १४ अर्ब डलर सहायता बढाएको छ । यो सहायताले राष्ट्रिय प्रणाली सुदृढीकरण अन्तर्गत रोग नियन्त्रण, उपचार, निदान र निजी क्षेत्रलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । आईएफसीले १४ अर्ब डलरको प्याकेजमध्ये (कोभिड–१९) सम्बन्धी […]
लोकसेवा आयोगको सबै परीक्षा स्थगित
काठमाडौँ, ६ चैत । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले (कोभिड–१९) को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगन गरेको छ । “कोभिड–१९ […]
राष्ट्रियसभा बैठकमा सहभागी सांसदको तापक्रम परीक्षण
काठमाडौँ, ६ चैत । (कोभिड–१९ ) को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन शुरु गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो । चिकित्सक टोलीले बैठकमा प्रवेश गर्नुपूर्व सांसदलाई तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले […]
एसईई स्थगनपछि डा. बाबुराम भट्टराईको भविष्यवाणी: काजीगुटले माओवादी सिध्यायो अब नेकपा सिध्याउँछ
भक्तपुर,६ चैत । पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि आक्रामक अभिव्यक्ति दिएका छन् । बिहीवार शुरु हुने परीक्षा बुधबार स्थगन गरिएपछि उनले आक्रामक अभिव्यक्ति दिएका हुन् । बिहीवार सामाजिक संजालमा आफ्नो धारणा व्यक्त गर्दै उनले सरकारको निर्णयलाई नेता नारायणकाजी श्रेष्ठसंग जोडेर रीस पोखेका […]
कोरोना त्रास: काठमाडौं उपत्यकाबाहिर निस्कने यात्रुको सङ्ख्यामा वृद्धि
काठमाडौं, ६ चैत । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाईरसको त्रास कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाहिर निस्कन यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने […]
तुलसीपुरमा पार्किङ्ग गरेर राखेको बसमा आगजनी
दाङ, ६ चैत । तुलसीपुरमा पार्किङ्ग गरेर राखेको बसमा आगजनी भएको छ । तुलसिपुर उपमहानगरपालिका वडा नं। ५ निवासी सुमन कार्कीको ना ४ ख ७१८८ नम्बरको बसमा आगलागी भएको प्रहरीले बताएको छ । बुधबार राति सवा ११ बजे तिर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए । आगलागीबाट […]
फेरि घट्यो सुनको भाउ
काठमाडौं, ६ चैत । हिजो उकालो लागेको सुनको मूल्य आज फेरि ओरालो लागेको छ । आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ । बुधबार एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य पनि […]











