चितवन । चितवनकाे नाग्दी खोलानजिक एउटा ट्रक त्रिसुली नदीमा खसेकाे छ । उक्त ट्रकका चालकले हाम फालेर ज्यान जाेगाएका छन् । त्रिसुली नदीमा खस्ने ट्रक भाटभटेनी सुपरमार्केटकाे सामान बाेकेकाे खुलेकाे छ । पृथ्वी राजमार्गको चितवन ईच्छाकामाना गाउँपालिका–५ नाग्दी खाेला नजिक बिहीबार बिहान दुई ट्रक एकापसमा ठोक्किँका थिए । ठाेक्किएकाे एउटा ट्रक त्रिशूली नदीमा खसेको हाे […]
समाज
एसपीसहित स्याङ्जा प्रहरीका प्रमुख एसपी सहित ३८ जना प्रहरी संक्रमित, जिप्रका पूरै शिल
स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एसपीसहित ३८ जना प्रहरीमा कोरोना संक्रमण भएकाे छ । एसपीसहित ठूलाे संख्यामा प्रहरी संक्रमित भेटिएपछि जिल्ला प्रहरी कार्यालय पूरै शिल गरिएकाे छ । बाल विवाहको आरोपमा १२ दिनअघि स्याङ्जाका चार जना पक्राउ परेकाे र पक्राउ परेकामध्ये बेहुलालाई मंगलबार कोरोना पुष्टि भएको थियाे । त्यसपछि अरुहरुकाे स्वाव परिक्षण गरिएकाे […]
जाजरकोटको स्याक्रीमा विषालु च्याउँ खाँदा एकैघरका ४ जनाको मृत्यु
सुर्खेत, १३ साउन । जाजरकोटको कुशे गाउँपालिकामा विषालु च्याउ खाँदा एकैघरका ४ जनाको मृत्यु भएको छ । एक जनाको घरमै र ३ जनाको उपचारका लागि सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । कुशे गाउँपालिका वार्ड नं. १ स्याँक्रीका टेकबहादुर चलाउनेको घरमा यस्तो घटना भएको हो । विषालु च्याउको तरकारी खाएका उक्त घरमा ८ […]
बिहेगरि अमेरिका लाने भन्दै ठगी गर्ने दुइ महिला पक्राउ
साउन १२ ,काठमाडौँ। अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका-२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् । घटनाको अनुसन्धान गर्न उक्त महाशाखाबाट खटिएको प्रहरीले विभिन्न […]
पहिरोले पुर्यो स्काभेटर, टिपर र ट्याक्टर, दुई जना बेपत्ता
बाग्लुङ । बाग्लुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो […]
विदेशमा रहेका १६१ नेपालीको कोरोनाले मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा १६१ नेपालीको मृत्यु भएको छ । यो साता थप एक नेपालीको मृत्यु भएसँगै विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या १६१ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म ३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये २९ हजार २४३ […]
न्युरोड क्षेत्रमा सिक्री लुटपाट गर्ने समुह पक्राउ
श्रावन १० ,काठमाडौँ। न्युरोड (झोछे ) क्षेत्र बात सिक्री लुटपात गर्ने बक्ति र संलग्न ब्यक्ति पक्राउ परेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले सिक्री लुटपाट गर्ने चन्द्रागिरी नगरपालिका वडा नं. १४ का अकेश नकर्मि ,र नुवाकोट घर भई हाल नैकाप वडा न १४ बस्ने विक्की र चन्द्रागिरी वडा न १४ कि नेहा शर्मा नकर्मीलाइ पक्राउ गरेको […]
खुल्यो लकडाउन, घटेन संक्रमण, २४ घन्टामा १३३ नयाँ संक्रमित
काठमाडौं, ९ साउन । सरकारले लकडाउ खुल्ला गरे पनि काेराेना संक्रमितहरु घटेका छैनन् । लकडाउन खाेलेकाले याे संख्या अझै बढ्ने अनुमान गरिएकाे छ । यसैक्रममा शुक्रबार थप १ सय ३३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लाे समय सार्वजनिक गरिएकाे भए पनि याे केही दिन अघि नै संकलन गरेकाे नमूनाकाे परिणाम हाे । स्वास्थ्य तथा […]
बगेर आएका पाँच शव चितवन फेला परे
काठमाडौं, ८ साउन । चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँचवटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेका र किनारमा तैरिएको अवस्थामा पाँच शव भेटिएका हुन्। भरतपुर […]
राजेश हमाललाइ भाइ शोक, हमालका भाइ राकेशको दिल्लीमा निधन
काठमाडौँ । अभिनेता राजेश हमालका भाइको उपचारको क्रममा निधन भएको छ । अभिनेता हमालका भाइ राकेश हमाले भारतको नयाँ दिल्लीमा उपचारका क्रममा बुधबार निधन भएको हो । केही समय अगाडि राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका […]










