कोरोना निरन्तर उकालो : थप १४ सय ४६ जनामा संक्रमण पुष्टि

काठमाडौं, २६ पुस । देशभर थप १४ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार […]

पशुपतिस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिक घट्दै

काठमाडौं, २६ पुस । स्थानीय तहले स्थानीयस्तरमा व्यवस्थापन गर्दा पशुपतिस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकको सङ्ख्या घटिरहेको छ । जम्मा २३० जना क्षमताको सो आश्रममा पहिले क्षमता जतिकै सङ्ख्यामा ज्येष्ठ नागरिक भए पनि अहिले त्योभन्दा आधा सङ्ख्यामा रहेको समाज कल्याण केन्द्र, वृद्धाश्रम (पशुपति) कार्यालयले जनाएको छ । पाँचरछ वर्ष पहिले सङ्घीयता कार्यान्वयनमा आएसँगै यहाँ आउने यहाँ ज्येष्ठ […]

पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने

काठमाडौ, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् । उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । मंगलबार पृथ्वीनारायण शाहको […]

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड–१९ व्यवस्थापन समिति (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म कक्षा दशसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतवार बसेको कोरोनासम्बन्धी बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो । सीसीएमसी समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले कोरोना बढ्दै गएकाले बैठकले सो निर्णय गरेको बताइन् । बैठकको निर्णय […]

मृगौला पिडित रुद्रका लागि अमेरिकामा जुटाइयो आर्थिक सहयोग

काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाँउपालिका एक मृगौला रोगबाट पीडितका लागि अमेरिकाबाट आर्थिक सहयोग जुटेको छ । सिस्ने गाउँपालिका वार्ड नं. ४ का रुद्र बहादुर बि.क.को उपचारार्थ अमेरिकामा बस्दै आएका लोकबहादुर केसीको पहलमा आर्थिक सहयोग जुटेको हो । महाराजगञ्ज शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइरहेका रुद्रका लागि लोकबहादुर केसीको पहलमा उठाइएको सहयोग रकम आजै हस्तान्तरण गरिएको […]

२५ जनाभन्दा धेरै भेला हुन नपाउने सीसीएमसीको निर्णय

काठमाडौँ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सार्वजनिक स्थलमा २५ जना भन्दा धरै भेला हुन नपाउने व्यवस्था गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने भएको छ । आइबार बसेको सीसीएमसीको बैठकले अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव गर्न रोक्नसमेत गृह मन्त्रालयलाई […]

भक्तपुरको चाँगुनारायणमा चरा गणना सुरु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा चराको गणना सुरु गरिएको छ । नगरपालिका- ६ र ७ को मुहानपोखरी क्षेत्रमा रहेको चराको गणना सुरु गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक कमलराज गोसाइँको नेतृत्वमा चरा गणना सुरु गरिएको नगरपालिकाले जनाएको छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए । […]

भारतमा कोरोना बढेपछि धमाधम नेपाल फर्किदै नेपाली

धनगढी । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारतबाट नेपाल आउनेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाकास्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् […]

चिसोले कठ्याङ्ग्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख […]

बालुवाटार जग्गा प्रकरणका मुख्य व्यक्ति ढकालविरुद्ध राजस्व चुहावटमा पनि २ अर्बको मुद्दा

काठमाडौं । बालुवाटारको सरकारी जग्गा प्रकरणका रुपमा परिचित ललिता निवासको सरकारी जग्गा खरिदबिक्रीका प्रमुख नाइके शोभाकान्त ढकाल राजस्व चुहावटमा पनि तानिएका छन्। उनीसहितका व्यक्तिहरुविरुद्ध राजस्व अनुसन्धान विभागले २ अर्ब ४० करोडको सजाय माग दाबी गरी अदालतमा मुद्दा दायर गरेको हो। विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठविरुद्ध पाटन उच्च अदालतमा मुद्दा […]