सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ पुगे ? सूचीसहित

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निकालेको हो । सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ ।

ब्युतियो भूमि समस्या समाधान आयोग

काठमाडौ । सरकारले खारेज गरेको भूमि समस्या समाधान आयोग पुनः ब्युँतिएको छ। आयोग अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा सर्वोच्च अदालतले सोमबार सरकारको निर्णय बदर गर्दै रिट जारी गर्न आदेश दिएको हो। गत २३ असोजमा खर्च कटौती भन्दै सरकारले आयोग खारेज गरेको थियो। सर्वोच्चको आदेशपछि केन्द्रदेखि जिल्लासम्मका आयोग पदाधिकारीहरूको पद सुरक्षित बनेको छ। आयोगमा पार्टी […]

नेपालमा बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव, पानी पर्छ कि पर्दैन ?

काठमाडौं । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविदहरुले बताएका छन् । केही स्थानमा बादल भने लाग्ने छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च […]

एनपीएलमा आज जनकपुरले चितवनको र कर्णालीले पोखराको सामना गर्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा […]

काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो । उनलाई आइतबार बिहान बेहोसी अवस्थामानै अस्पताल पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए । एक चिकित्सकले दिएको जानकारी […]

नेपालमा ‘दित्वा’ चक्रवातको प्रभाव, विभिन्न प्रदेशमा आंशिक बदली

काठमाडौँ । दक्षिण–पश्चिम बंगालको खाडी क्षेत्रमा विकसित ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चक्रवातको असरले देशका केही भू–भागमा आंशिक बदलीसँगै हुस्सुको अवस्था देखिएको छ। सोमबार बिहान कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहेकाे छ भने अन्य प्रदेशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। […]

दल दर्ता गर्न थपिएको समय आज सकिँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न थपिएको समय आज सकिँदैछ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप […]

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन पनि बढ्यो

काठमाडौं । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । करिब साढे १ महिनाअघिको रेकर्ड आज तोडिएको हो । एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड […]

भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ । भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा आज बहस हुन लागेको हो । उक्त निर्णय विरुद्ध […]

दिल्लीमा भीषण आगलागी, ४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको सङ्गम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ। यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्। शनिबार साँझ ६:१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। अचानक आयो फैलिएपछि भाग्न नसक्दा चार जनाको […]