सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

‘सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय भएको छ,’ पत्रकार सम्मेलनमा उनले भने।