हरिसिद्धी पुगेर प्रचण्डले भेटे विप्लव, के भयो कुराकानी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि प्रचण्ड विप्लव निवास हरिसिद्धी पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो । उनीहरुबीच करिब ५० मिनेट भेटवार्ता भएको एक नेताले बताए । गत साउन १६ गतेदेखि १९ […]

विधायन समितिको बैठक बस्दै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे छलफल हुने

काठमाडौँ। आज सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । दिउँसो २ः३० बजे बस्ने तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची रहेकाे छ । सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, […]

राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए । बैठक सोमबार बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने […]

पर्वतारोहण संघमा काँग्रेस–एमाले गठबन्धन पराजित, माओवादी–रास्वपा समर्थित समूह विजयी

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को ताजा निर्वाचनमा सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेका साथै विपक्षी दल नेकपा एकीकृत समाजवादी समेत सम्मीलित संयुक्त गठबन्धन पराजित भएको छ । चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन पाएको फुर्वा गेल्जे शेर्पा नेतृत्वको समूहले विजयी परिणाम हात पारेको हो । गएराति […]

सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टीले संघीय सरकारमा पार्टीका तर्फबाट सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी गरेको छ। पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागिएको हो। ‘सरकारमा सहभागी भएका मन्त्रीहरूलाई सुरूमै एक वर्षका लागि मात्रै […]

जनार्दन शर्मा भन्छन् : कानुन नै चोरी हुने संसद्‌मा बेकार आइएछ जस्तो लाग्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्‌मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अन्तरिक कालदेखि निरन्तर संसद्‌मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताए । ‘म त अन्तरिम कालदेखि संसद्‌मा निरन्तर छु […]

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुन: प्रतिनिधिसभामै पठाउँछ । पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।

शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं । शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ । भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक […]

रूसले अमेरिकी कम्पनीलाई निशाना बनाएर युक्रेनमा हान्यो ५७४ ड्रोन र ४० वटा मिसाइल

काठमाडौँ । रूसले युक्रेनमा एक महिनायताकै भीषण आक्रमण गरेको छ। दुई देशबीच युद्धविराबारे वार्ताको तयारी भइरहँदा रूसले युक्रेनमाथि बिहीबार ठूलो संख्यामा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको हो। अमेरिकी टेलिभिजिन नेटवर्क सिएनएनका अनुसार रूसले पूर्वीदेखि पश्चिम युक्रेनका भूभागहरुलाई निशाना बनाएर हवाई हमला गरेको थियो।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रातभरिमा ५७४ वटा ड्रोन र ४० वटा मिसाइल रूसतर्फबाट हानिएको […]

प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै, राष्ट्रियसभा बैठक पनि बस्दै

काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्न लागेको हो । प्रतिनिधि सभाको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने […]