काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को ताजा निर्वाचनमा सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेका साथै विपक्षी दल नेकपा एकीकृत समाजवादी समेत सम्मीलित संयुक्त गठबन्धन पराजित भएको छ ।
चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन पाएको फुर्वा गेल्जे शेर्पा नेतृत्वको समूहले विजयी परिणाम हात पारेको हो ।
गएराति सम्पन्न निर्वाचनमा अध्यक्षदेखि लिएर अधिकांश पदमा शेर्पा प्यानलले बाजी मारेको छ ।
मात्र प्रथम उपाध्यक्ष र एक सदस्य पदमा अर्को प्यानलका उम्मेदवारले जित हात पारेका छन् ।
परिणाम विवरण अनुसार अध्यक्षमा फुर्वा गेल्जे शेर्पा ३४२ मतसहित विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेल (३४५ मत), प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा (३५९ मत) र द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी (३६८ मत) सहित विजयी बने ।
त्यस्तै, महासचिवमा राजेन्द्रबहादुर लामा (३१८ मत) र सचिवमा चन्दन थापा (३५८ मत) सहित विजयी भएका छन् भने कोषाध्यक्षमा म ङिमा नुर्बु शेर्पा र सुमी लामा दुवैले३०४–३०४ मत पाएपछि सहमतिअनुसार कार्यकाल बाँड्ने निर्णय
सदस्यहरुमा भने माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका बताइएको छ ।
यस नतिजाले काँग्रेस–एमाले–समाजवादी गठबन्धनलाई ठूला दलको दबदबा मात्रै पर्याप्त नहुने देखाएको विश्लेषकहरूको भनाइ छ । माओवादी केन्द्र र रास्वपाको समर्थनमा बनेको नयाँ नेतृत्व अब पर्वतारोहण क्षेत्रमा नयाँ दृष्टि र नीति ल्याउने अपेक्षा गरिएको छ ।







