पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु […]

कोरोना संक्रमित विमितको बिमा रकम तीन दिनभित्र दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको रकम भुक्तानीका लागि बीमा समितिलाई पुनः ताकेता गरेको छ। यसअघि ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको मन्त्रालयले बिहीबार ३ दिनमै भुक्तानी गर्न निर्देशन दिएको हो। मन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा समितिलाई ३ दिनमै रकम मुक्तानी गर्न निर्देशन दिँदै मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले पत्र काटेका हुन्। ‘कोरोना बीमा […]

मालपोतका कर्मचारीले कुटे सेवाग्राही र पत्रकार

झापा । शिवसताक्षी– ५ का सुरेश साह जग्गासम्बन्धी काम लिएर मालपोत कार्यालय दमक पुगे । एक सहकारीबाट ऋण लिन लागेका उनी आफूसँग भएको जग्गा रोक्का गर्न मालपोत पुगेका थिए । सहकारीले उनको ६ कट्ठा १५ धुर जग्गा धितोमा राखेर २० लाख रुपैयाँ दिने गरी ऋण स्वीकृत गरेको थियो । तर, मालपोतका खरिदार इन्द्र राजवंशीले कागजात नपुगेको भन्दै कर्मचारीले […]

जापानमा २०३० पछि पेट्रोल कारको बिक्री बन्द हुने, विद्युतीय सवारीलाई प्राथमिकता

टोकियो । जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ। जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ। जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई […]

चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको ढुंगा संकलन गरी पठायो पहिलो रंगीन तस्बिर

काठमाडौं । चन्द्रमाको ढुंगाको नमुना संकलन गर्न गएको चिनियाँ अन्तरिक्ष यानले बुधबार राति सफलतापूर्वक ढुंगा र माटोको नमुना संकलन गरेको छ। ढुंगाको नमूना संकलन गरेपछि चीनको मुन ल्यान्डरले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर खिचेर पृथ्वीमा पठाएको चीनले जनाएको छ। चाङ ई–५ मिसन अन्तर्गत चिनियाँ यान यसपटक चन्द्रमामा पुगेको हो। मंगलबार चिनियाँ यान सफलतापूर्वक चन्द्रमामा अवतरण […]

नेकपा सचिवालयमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी सचिवालय बैठकमा दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकका लागि यसअघि नै पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यसूची राखिएको थियो । यसअघि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक अन्तिम समयमा बालुवाटार सारिएको थियो । […]

काठमाडौँका विद्यालय खोल्ने बारे मेयर फोरमको योजना यस्तो छ

मङ्सिर १६ मङ्सिर , ललितपुर । काठमाडौँ उपत्यका मेयर फोरमको निर्णयपछि अनुकूल समय हेरी काठमाडौँ उपत्यका भित्रका विद्यालय खोल्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र अनुकुलता हेरी विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो । जाडो समयमा कोभिड भाइरस बढी समय […]

तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि बैतडीका शिक्षक आन्दोलित भएका छन् । बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी […]

देशभर ४०३ अस्पताल एकैसाथ शिलान्यास गरिँदै

काठमाडौँ । आज मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा […]

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको चुनावको सार्वजनिक मतपरिणाम अनुसार ढकालले आफ्ना किशोर प्रधानलाई १६६ मतान्तरले हराएका हुन् । आइएमई ग्रुपका ढकाल ६३३ मत ल्याएर विजयी भएका हुन् । पराजित प्रधानलाई ४६६ मत मात्र प्राप्त भयो । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले […]