काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार राखिएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । […]
राजनीति
बालेनको ‘पावर ब्यालेन्स’ बारे रास्वपामा छलफल, बेलुकासम्म निचोड आउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच एकता हुँदा हुने पावर ब्यालेन्सबारे दुवै पक्ष छलफलमा जुटेका छन् । रास्वपाले प्रधानमन्त्री प्रस्ताव गरेको र त्यसपछि पार्टी नै एक हुने हो भने पावर ब्यालेन्सको कुरा म्यानेज गरिने एक नेताले बताए । ‘आज बेलुकासम्म निचोड आउँछ । अहिले दुवै पक्षको दोस्रो तहका […]
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई आजै शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ । उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ । उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् । शर्मा यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत […]
बालेनको राजनीतिक दौडधूपप्रति सिके राउतको टिप्पणी – कागलाई बेल पाक्यो हर्ष न विस्मात्
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पछिल्लो समय देखिएको राजनीतिक चहलपहलप्रति ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भन्दै टिप्पणी गरेका छन्। हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विभिन्न राजनीतिक नेताहरू तथा ‘जेनजी’ अगुवासँग भेटघाट बढाइरहेका सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्। बिहीबार मेयर शाहले ललितपुरको ज्वागलमा झन्डै १२ घन्टा विभिन्न दलका नेता र युवा […]
कांग्रेसका उपसभापति भन्छन् – अझै निर्वाचनको वातावरण बनेन
ललितपुर । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अझैसम्म पनि निर्वाचनको वातावरण बन्न नसकेको प्रतिक्रिया दिएका छन्। नेपाली कांग्रेसको बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुगेका गुरुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार पक्षले निर्वाचनको वातावरण बनाउन नसकेकै कारण संसद् पुनःस्थापनाको आवाज उठ्न थालेको बताए। उनले भने, “कार्यसम्पादन बैठक आज पनि […]
हर्क शैलीमा समाजका लागि तल्लीन यी हुन् सनोज महत
ललितपुर। सडकको छेउमा टेन्ट गाडिएको छ। वरिपरि केही कुर्सी छन्। हातमा माइक बोकेर एक व्यक्ति अगाडि उभिएका छन्—लङकोट र बुटमा सजिएका, तर कुनै औपचारिक मञ्चमा होइन । न झिलिमिली ब्यानर छ, न नाराले भरिएको चुनावी सभा। उनी छन्—बस्तीभित्र, जनताकै घरदैलोमा। धरानका मेयर हर्क साङपाङले एक्लै टेम्पो चढेर सुरु गरेको ‘जनमुखी’ चुनावी यात्राजस्तै शैली अहिले दक्षिण […]
सिन्धुपाल्चोक-१ मा नेपाली कम्युनिस्ट पार्टीबाट सापकोटा सर्वसम्मत
सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा सुवोधको एकल नाम सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका क्षेत्रीय समन्वय समिति, जिल्ला समिति तथा सम्पूर्ण नेतृत्वले सर्वसम्मत रुपले सापकोटाको नाम सिफारिस गरेको हो । उनी बिघटित प्रतिनिधि सभामा तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवार रही निर्वाचित सदस्य हुन् […]
विश्वप्रकाशले गरे चुनाव नलड्ने घोषणा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी निर्वाचन नलड्ने घोषणा सुनाउँदै शर्माले यस्तो बताएका हुन् । उनले बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिको यस्तो प्रवृत्ति भत्काउन जरुरी रहेको बताए । ‘आफ्नो पावरझ […]
रबिपछि बालेनलाई भेटेर निस्किए शिशिर खनाल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेर रास्वपा नेता शिशिर खनाल बाहिरिएका छन् । मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका थिए । उनी भर्खरै निस्किएका हुन् । आजै बालेनले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए । रवि बाहिरिएपछि खनाल पुगेका थिए । उनी पनि […]
प्रतिनिधिसभा चुनावमा रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने […]











