काठमाडाैं, २७ भदाै । अाफूमाथि हदैसम्मकाे अन्याय परेकाे भन्दै डीअार्इजी नवराज सिलवालले प्रहरी सेवाबाट राजिनामा दिएका छन् । सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै डीअार्इजी सिलवालले एउटा भावुक विज्ञप्ती जारी गरेर अाफ्नाे राजिनामा घाेषणा गरेका हुन् । सिलवालले आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज […]
राजनीति
प्रचण्डसँग होइन विप्लवसँग एकता हुने मोहन वैद्यको घोषणा
सुर्खेत, २७ भदाै । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रसँग कुनै हालतमा पनि एकता हुन नसक्ने प्रष्ट पारेका छन् । पछिल्लाे समय केही सञ्चारमाध्याममा एकताबारे गलत हल्ला फैलाइएकाे भन्दै नेता वैद्यले त्यसमा कुनै सत्यता नभएकाे बताए । उनले प्रचण्डसँग कुनै हालतमा पनि एकता नहुने बरु विप्लवसँग भने एकता हुनसक्ने बताए […]
सगरमाथामाथि रुसले गर्याे दावी
काठमाडाैं, २७ भदाै । प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको छ । तर सोमबार मस्कोका कूटनीतिक शाखाले एन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात सगरमाथा रुसको भएको दाबी गरेको छ । बेलायतस्थित रुसी दूतावासले ट्विटरमा नियमित पोस्ट गरिएका शुभ प्रभात […]
राज्य काेषबाट साढे चार कराेड खर्चेर अमेरिका जाँदै देउवा
काठमाडाैं, २७ भदाै । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्रीको टोलीमा न्युयोर्कस्थित नेपाली दूतावासबाट थप २१ सदस्य […]
विद्युत प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा
काठमाडौ, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ‘आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरेको र मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको […]
किरणले जनयुद्ध गरेको नमान्ने परि थापा समूहको दावी
काठमाडाैं, २६ भदाै । नेकपा क्रान्तिकारी माओवादीभित्र फेरि ठूलाे लडार्इ सुरु भएकाे छ । अन्तरसंघर्ष चर्किदै गएपछि याे पार्टी पनि फूटकाे संघारमा पुगेकाे छ । माेहन बैद्य नेतृत्वमा रहेकाे क्रान्तिकारी माअाेवादी पार्टीमा एक समूह बैद्यलार्इ नै एक्ल्याउन लागिपरेकाे छ । परि थापाकाे नेतृत्वमा रहेकाे साे समूहले किरणसहितकाे नेताहरुले ०५२ सालमा लडेकाे युद्ध जनयुद्ध नभएकाे दावी पनि […]
हाइड्रोजन बमको सफल परिक्षण गरेपछि आफ्ना वैज्ञानिकहरुसँग उत्सव मनाउँदै किम
काठमाडाैं, २६ भदाै । उत्तरकाेरियाले अहिले विश्व हल्लाइरहेकाे छ । पछिल्लाे समय उसले गरेकाे हाइड्राेजन वमकाे परिक्षणपछि विश्वकाे सबैभन्दा शक्तिशाली देश मानिएकाे अमेरिका समेत तर्सिएकाे छ । उत्तर काेरियाका युवा राष्ट्रपति किम जाेङ उनले केही दिन अगाडि अमेरिकालार्इ जित्न पुग्ने हाइड्राेजन वम बनाउन अाफ्ना वैज्ञानिकलार्इ निर्देशन दिएकाे कुरा बाहिर अाएपछि अमेरिका झन सशंकित भएकाे छ […]
वैद्य माओवादी फेरि फुटको डिलमा । परि थापाले विद्रोह गर्दै
काठमाडौँ, २५ भदौ । नेकपा (क्रान्तिकारी माओवादी) फेरि फुटको डिलमा पुगेको छ । विप्लवको नेतृत्वमा एउटा समूहले सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएको केही समयपछि बादल समूह माओवादी केन्द्रमा फकेको पीडाबाट तैरिन नपाउँदै फेरि अर्को फुट हुने भएको स्रोतका दाबी छ । नेकपा (एकीकृत)बाट एकतामा आएको समूहले अध्यक्ष वैद्यलाई समस्यामा परेको छ । परि थापाले […]
मोहन बैद्यका भाई विप्लवको साथमा
काठमाडौं, २५ भदौ । कम्युनिस्ट आन्दोलनका पाका नेताका रुपमा चिनिएका मोहन वैद्य किरणलाई छोडेर उनका भाई युवा क्रान्तिकारी नेता नेत्रविक्रम चन्द विप्लवको साथमा पुगेका छन् । वैद्यका भाई झपेन्द्र राज बैद्य आज विप्लवको साथमा लागेका हुन् । नेकपाले आज काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको ध्रुविकरण कार्यक्रममा वैद्यलाई परित्याग गरेको घोषणा गरेका हुन् । उनले नेपालमा […]









