पहिलो दल बनेपछि माओवादीलाई धोका दिन एमालेले यस्तोसम्म गरेको खुलासा

काठमाडाैं, ९ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न […]

धोका दिएको भन्दै कांग्रेसले गर्यो आफ्ना पूर्वमन्त्रीसहित १२ जनालाई निलम्बन

पर्सा, ९ पुस । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका […]

प्रचण्डले झोक्किदै भने, ‘दुर्इ चार जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन, विराेध गर्नेहरु छुट्छन’

भैरहवा, ८ पुस । पार्टीका केही नेताहरुले पार्टी एकताका विराेध गरिरहेका बेला माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराेध गर्नेहरुप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले केही व्यक्तिले विराेध गर्दैमा अब पार्टी एकता नराेकिने बताएका छन् । रुपन्देहीमा अायाेजना गरिएकाे एक कार्यक्रममा भैरहवा पुगेका प्रचण्डले विराेध गर्नेहरुकाे विराेधले अब अाफूलार्इ असर नगर्ने बताए । एक दुर्इ […]

म्यादी प्रहरीको आन्दोलनप्रति नेकपाको एेक्यबद्धता (विज्ञप्तिको पूर्ण पाठसहित)

काठमाडाैं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा प्रहरीको गोलीबाट मृत्यु भएका विवेक एेडीलाई सहिद घोषणा गर्न माग गरेको छ ।  नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति निकालेर जायज माग राखेर कालिकोटमा अान्दोलनमा उत्रेका म्यादी प्रहरीको अान्दोलनप्रति पार्टीको एक्यवद्धता जाहेर गरेका छन‍् । प्रबक्ता प्रकाण्डले एेडीमाथि गोली चलाउनेलाई परिवारलाई राहतको साथै घाइतेको उपचारको लागि पनि माग […]

प्रचण्डप्रति गम्भीर आरोप लगाएर दुष्प्रचार गर्न थालिएको भन्दै आपत्ती

काठमाडौं, ८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सरकार नेतृत्वका विषयमा भएको आलोपालो प्रणाली बारेको सहमतिलाई दुष्प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । प्रचण्डले सार्वजनिक गरेको आलोपालोको प्रसङ्ग जिम्मेवारी बाँडफाँड र शक्ति विन्यासका सन्दर्भमा भएको स्पष्ट पार्दै सचिवालयले भनेको छ– ‘दिनलाई नै रात पार्ने गरी फेरि पनि नेपालमा राजनीतिक […]

केपी र प्रचण्डबीच फेरि पनि बाँडफाँडमै सहमति

काठमाडौं, ८ पुस । कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ’ कार्यान्वयन गरिसके। अब उनी एमाले अध्यक्ष केपी ओलीसँग पनि उसैगरी आलोपालो होला भन्ने आशामा छन्। शुक्रबार भरतपुरमा उनले त्यो ‘सत्ता-सहमति’ बारे पहिलोपल्ट खुलाए। ‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएकै […]

जिल्ला प्रहरी कार्यालयको गेटमै टाउकोमा गोली हानेर ढालियो म्यादी प्रहरी एेडीलार्इ

कालिकाेट, ८ पुस । दुर्इ महिना राताेदिन खटाएर अन्तिममा न्यून तलब भत्ता दिएकाे र त्यही भत्ता पनि काटिएकाे भन्दै विराेध जनाउने म्यादी प्रहरीमाथि प्रहरीले कठाेर दमन गरेकाे छ । यसक्रममा कालिकाेटमा एक जना म्यादी प्रहरी गाेली प्रहार गरी मारिएका छन् । कालिकाेटमा मारिएका म्यादी प्रहरीलार्इ जिल्ला प्रहरी प्रमुख डीएसपी सुवासचन्द्र बोहोराले नै गाेली हान्न अादेश […]

समानुपातिकमा प्रचण्डले छाने आफ्ना १५ महिला र २ पुरुष सांसद (को को परे हेर्नुहोस)

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको १७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले समानूपातिकतर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । प्रत्यक्ष र समानूपातिकको सिट संख्या जोडदा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ५३ जना सांसद हुने भएका छन् । प्रत्यक्षतर्फ तीनजना मात्र […]

समानुपातिकमा कुन दलको कति सीट पाए ? (आयोगले सार्वजनिक गरेको अन्तिम सूची हेर्नुहोस्)

काठमाडौं, ७ पुस । प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगले शुक्रबार अपराह्न सार्वजनिक गरेको नतिजामा दुई नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एमाले पहिलो दल बनेको हो । आयोगका अनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट पाएका छन्। यसैगरी […]

समानुपातिकमा सांसद बन्ने को हुन् भाग्यमानी ३९ महिला २ पुरुष

काठमाडौं, ७ पुस । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ। एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ। एमाले उच्च स्रोतका अनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जितेकाले समानुपातिकतर्फ जम्मा दुईजना पुरुषलाई सांसद […]