कपिलवस्तु, १९ बैसाख । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा र दलाल पुँजीवादी संस्कृतिका विरुद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघ लुम्बिनी व्युरोले संचालन गरिरहेको एकीकृत जनजागरण अभियान अन्तर्गत कपिलवस्तुमा क्षितिज परिवारको सांस्कृतिक कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका दानापुरमा हजारौं जनताको अपार सहभागितामा सांस्कृतिक कार्यक्रम चलिरहेको बेला प्रहरी आएर एकाएक हस्तक्षेप गरी महासंघ कपिलवस्तुका अध्यक्ष एवं […]
राजनीति
एमाले–माओवादी एकता, ओलीसँग प्रचण्ड सशंकित
काठमाडौं, १९ बैसाख । पार्टी एकीकरणको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विश्वास र सहमतिभन्दा पनि अविश्वास बढ्दै गएको छ। पार्टी एकता प्रक्रियामा प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक वान टु वान वार्ता भए पनि विश्वासको सट्टा अविश्वास र आशंका बढ्दै गएको छ। […]
सरकारमा जानेबारे उपेन्द्र यादवले खोले मुख
काठमाडौं, १९ बैसाख । राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड युनियन महासंघ नेपालबीच एकता भएको छ । संघीय समाजवादी फोरमका भातृसंगठन समाजवादी ट्रेड युनियन र स्वतन्त्र रहेको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियनबीच आज श्रमिक दिवसको दिन एकताभई समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ बनेको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकता भएको […]
ओली-प्रचण्डबीच ३ घण्टा लामो ‘वान टु वान’ बार्ता, के-के भयो ठोस सहमति ?
काठमाडौँ, १५ बैशाख । एकताका लागि सहमति जुटाउन हम्मेहम्मे परेका बेला एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः ‘वान टु वान’ वार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा पार्टी एकताकै विषयमा छलफल भएको माओवादी स्रोतले जनाएको छ । २ पार्टीबीच तिक्तता बढेकाबेला २ नेताहरुबीच झण्डै […]
पूर्वसभासद् तथा कम्युनिस्ट पार्टीकी नेतृ गिरफ्तार
काठमाडौं, १४ बैसाख । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धिरिन्द्र उपाध्यायलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट महिलाहरुको संगठन महासचिव उपाध्यायलाई प्रहरीले विहीबार काठमाडौंबाट गिरफ्तार गरेको अनेम संघ (क्रान्तिकारी) ले बताएको छ । पूर्वसभासद् समेत रहेकी उपाध्यायलाई संगठनको कामको क्रममा गिरफ्तार गरेको बताइएको छ । शान्तिपूर्ण महिला अधिकारको पक्षमा काम […]
उपसभापतिमा कांग्रेसका २ नेताको दाबी, कसलाई रोज्लान् देउवा ?
काठमाडौं, १४ बैसाख । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले उपसभापतिमा दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गरे। बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले दिएको बताए । गच्छदारअघि […]
फरार डिएसपी सञ्जय राउतलाई पक्राउ गर्न देशभर आन्तरिक सर्कुलर, कहाँ छन् राउत ?
काठमाडौं, १३ बैसाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानका लागि डिएसपी सञ्जय राउतलाई खोज्न सातै प्रदेश र ७७ जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर गरेको छ। सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बातायो। बुधबार गृहमन्त्रालयमा राउतलाई बयानको लागि बोलाएको थियो। तर बयान दिदै […]
नेकपामाथि ब्यापक दमनमा उत्रियो ओली सरकार, २ सेक्रेटरीसहित एकैदिन आधा दर्जन नेता गिरफ्तार
बिनिता सिंह, काठमाडौं । देशमा फरक सत्ताको अभ्यास गरिरहेका नेपाल कम्युनिस्ट पार्टीमाथि केपी ओली सरकारले धरपकड र गिरफ्तारी व्यापक बनाएको छ । बुधबार मात्रै प्रहरीले नेकपाका २ सेक्रेटरीसहित आधा दर्जन नेताहरुलाई गिरफ्तार गरेको छ । पार्टीको आन्तरिक कार्यक्रम र सांगठनिक कामका सिलसिलामा आफ्नो कार्यक्षेत्रमा खटिएका नेता कार्यकर्ताहरुमाथि प्रहरीले निगरानी बढाएर गिरफ्तार गर्न थालेको सो पार्टीले जनाएको […]
अन्ततः प्रचण्ड र केपी ओलीबीच यस्तो सहमती, एमाले–माके कार्यकर्ता खुसीले गदगद
काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । मंगलबार भएको छलफलका क्रममा दुवै अध्यक्षले २ पार्टी एकता घोषणाको मिति तय गरेको छ । स्रोतका अनुसार ओली-प्रचण्डले लेलिन जयन्तीका दिन भएको विवादको टुंगो लगाउँदै सरप्राइज दिन ५ मे अर्थात मार्क्स जन्मजयन्तीको […]
बयान दिदाँ दिदै डिएसपी गृहबाटै गायव, सुन काण्ड र सनम हत्या प्रकरण झनै रहस्यमय बन्यो
काठमाडौं, १२ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत एक्कासि बेपत्ता भएका छन् । बयान नसकिँदै मंगलबार अपरान्ह राउत बेपत्ता भनेपछि घटनामा नयाँ रहस्यमय मोड आएको छ भने छानविन समितिका सदस्यहरूमाथि शंका उब्जिएको छ । उनी बयान नसकिँदै अचानक फरार भएपछि पक्राउ गर्न गृह मन्त्रालयमा […]










