काठमाडौं, पुस १ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छेदारसँग पराजित उम्मेदवार भगवती चौधरीले निर्वाचन परिणाम अस्वीकार गरेकी छन् सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चौधरीले षडयन्त्रपूर्वक गच्छेदारलाई जिताउने र आफूलाई हराउने काम भएको भन्दै परिणाम स्वीकार नगर्ने बताईन् । मत परिणाम सार्वजनिक भए लगत्तै उनले इटहरीमा पत्रकार सम्मेलन गरेर गच्छेदारले […]
राजनीति
चुनाव हारेपछि पहिलो पटक एकै ठाउँमा कांग्रेस नेताहरु
काठमाडौं, पुस १ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्। देउवानिकट नेता बालकृष्ण खाँणले सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले भने, ‘समानुपातिकको […]
समानुपातिकमा नेपाली काँग्रेस बन्याे पहिलो पार्टी
विराटनगर, २९ मंसिर । प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा(एमाले)ले एक लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा(माओवादी केन्द्र)ले ४४ हजार ९५१ […]
नयाँ ढंगको पार्टी निर्माणको प्रश्न
प्रारम्भ यतिबेला नेपाली क्रान्तिको विषय निकै गम्भीर र संवेदनशील बन्न पुगेको छ । नेपाली धर्तीमा मालेमावादको प्रयोग अवरुद्ध भएसँगै विसर्जित हुन पुगेको क्रान्तिको परियोजनालाई पुनर्संगठित गर्दै अगाडी बढाउने दायित्व यतिबेला हाम्रो काँधमा आएको छ । जनयुद्धको आँधीमय दशकद्वारा अंकुरित आशा, अभिलासा र सपनाहरुलाई भयानक निराशाको हुन्डरीबाट जोगाउदै तिनलाई सही नेतृत्व प्रदान गर्ने ऐतिहासिक अभिभारा पनि […]
मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार
काठमाडौँ, २९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् […]
बामगठबन्धनले ल्यायो दुईतिहाई, एमाले एक्लैको स्पष्ट बहुमत
काठमाडौं, २९ मंसिर । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई दुई तिहाई पुगेको छ । यो प्रदेश नम्बर ३ को कुरा हो । याे प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी एमाले एक्लैलाई बहुमत पुगेको छ भने गठबन्धनलाई दुई तिहाई पुगेको छ । प्रत्यक्षतर्फ ६६ रसमानुपातिकबाट ४४ गरी कूल ११० सदस्यीय प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ एमालेले ४२ […]
गठबन्धनबीच फेरि चर्कियो विवाद, राष्ट्रिय सभा पहिले कि नयाँ प्रधानमन्त्री पहिले ?
काठमाडाैं, २९ मंसिर । नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाबारे कांग्रेस नेतृत्वकाे लाेकतान्त्रिक गठबन्धन र एमाले-माके नेतृत्वकाे वाम गठबन्धनबीच चर्काे विवाद सुरु भएको छ । नयाँ प्रधानमन्त्रीको नियुक्ति राष्ट्रिय सभा गठन अघि कि पछि भन्नेमा दलहरूबीच विवाद देखिएको हो । कांग्रेस राष्ट्रिय सभा गठनअघि नयाँ सरकार बन्न नसक्ने अडानमा छ भने एमाले–माओवादी नयाँ प्रधानमन्त्रीको सिफारिसमा संघीय […]
प्रचण्डमाथि ओलीको अर्को प्रहार, ओलीले भने, ‘प्रचण्डजीलार्इ अध्यक्ष नै चाहिएको भए किन एकता गर्ने ?’
काठमाडौँ, २८ मंसिर । एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनले संवैधानिक व्यवस्था अनुसार नै पार्टी र सरकारको नेतृत्व गर्ने बताएका छन । पत्रकार निरजराज जोशीसँग कुरा गर्दै ओलीले संवैधानिक व्यवस्था अनुसार कार्यकारी प्रमुख नै प्रधानमन्त्री हुने उनले बताएका छन् । एकतापछि पार्टी अध्यक्ष एक जना र प्रधानमन्त्री एक जना हुने ? के त्यसो हो ? […]
समानुपातिकमा एमालेको अग्रता अझै बढ्दै
काठमाडौँ, २८ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट बिहान ६ बजे प्राप्त जानकारीअनुसार नेकपा (एमाले)ले २५ लाख ५५ हजार ५४५ मत, नेपाली काँग्रेसले २४ लाख ५८ हजार […]
गठबन्धन बनाएर चुनाव जिते पनि एमाले र माओवादीका आ-आफ्नै प्राथमिकता
काठमाडाैं, २८ मंसिर । वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन । दोस्रो चरण (२१ मंसिर) मा सम्पन्न चुनावअगाडि १७ […]









