ढोरपाटनको पहिचान मासिनु हुँदैन: मन्त्री बाँस्कोटा

गलकोट, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । ढोरपाटन दैनिकको १६औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा रोखे । समृद्धिका नाममा […]

नेकपामा एकाएक कसरी शक्तिशाली बने वामदेव ?

काठमाडौं, १ भदौ । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई […]

रवि लामिछानेको पक्षमा जुलुस निकाल्ने पाँच पक्राउ, प्रहरीमाथि ढुङ्गा हानेको आरोप

चितवन, १ भदौ । रवि लामिछानेको पक्षमा निकालिएको प्रदर्शनमा उत्तेजक व्यवहार गरेको भन्दै पाँच जना पक्राउ परेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा लगातार प्रदर्शन भइरहेका छन् । सुरुमा रवि लामिछानेको पक्षमा प्रदर्शन भएपछि शनिवार पुडासैनीलाइ न्याय दिनुपर्ने भन्दै उनको पक्षमा पनि प्रदर्शन भएको […]

प्रचण्डले भने, ‘एमालेसँग एकता नगरेको भए हुन्थ्यो भन्ने अनुभूति हुन थाल्यो’

काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता नगरेको भए ठीक हुने रहेछ भन्ने अनुभूति हुन थालेको बताएका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता प्रक्रिया दुई वर्ष पुग्न लाग्दा पनि पूर्ण रुपमा पूरा नहुनुका साथै विभिन्न ठाउँमा विवाद देखिदै जान […]

अबदेखि सरकारी सेवाको उमेर हद ६० वर्ष

काठमाडौं, ३१ साउन । सरकारले निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने भएको छ। संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा सहमति जुटेको छ। मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था थर्न लागिएको हो। हाल निजामती कर्मचारीको उमेर […]

राजधानीमा थाई शैक्षिक मेला शुरु

काठमााडौँ, ३२ साउन । नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला प्रारम्भ भएको छ । गुणस्तरीय शिक्षाका निम्ति दक्षिण पूर्वी एशियामा ख्याति कमाएका थाइल्याण्डका आठवटा विश्वविद्यालयले भाग लिएको एक दिवसीय शैक्षिक मेलाको परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि थाइल्याण्डका राजदूत भाकभत तान्सकुलले संयुक्तरुपमा उद्घाटन गरे । त्यस […]

गङ्गटो हैन कमिलोजस्तै बनौँः मन्त्री पण्डित

गलकोट, ३२ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका हुन् । “गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध […]

शिक्षकको तलब सुविधा अन्य सेवाभन्दा उच्च बनाउने नीति ल्याउदै सरकार

काठमाडौं । सरकारले शिक्षण पेशाको स्तरीकरणका लागि नयाँ नीति ल्याउन लागेको छ । उक्त नीति अहिले मन्त्रिपरिषदमा पुगेको शिक्षा मन्त्रालयको एक स्रोतले जानकारी दिएको छ । नयाँ आउन लागेको नीतिमा शिक्षकको तलब सुविधा अन्य सेवाका भन्न उच्च राख्ने प्रस्ताव गरिएको छ । नयाँ राष्ट्रिय शिक्षा नीतिकाे प्रस्तावित मस्याैदामा ‘शिक्षकको तलब सुविधा र वृत्ति विकासको अवसरलाई […]

रविको पक्ष र विपक्षमा छुट्टाछुट्टै जुलुस, झडप हुनसक्ने भन्दै ठूलो संख्यामा प्रहरी परिचालन

चितवन, ३२ साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे पक्षमा प्रदर्शन बढेसँगै अर्काे पक्षले पनि चितवनमा जुलुस निकालेका छन । शनिवारदेखि पत्रकार पुडासैनीकाे पक्षमा पनि जुलुस निस्केपछि यहाँ झडपकाे अवस्था सिर्जना भएकाे छ । पुडासैनीको सुसाईड भिडियो प्रकरण बाहिरिए लगत्तै रबि लामिछानेसहितका आरोपितहरुलाई प्रहरीले पक्राउ गरेसँगै चितवनको माहोल एक्कासी तातेको […]

प्रम ओलीले भने, ‘२०/२५ वर्ष मलाई केही हुन्न’

काठमाडौं । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने शुभचिन्तकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अझै २० २५ वर्ष केही पनि नहुने बताएका छन । केही दिन अघि सिंगापुरमा स्वास्थ्य परिक्षण गरेर फर्किएका प्रम ओली फेरि विरामी परेर सिंगापुर जान लागेको खबर आएपछि सर्वत्र उनको स्वास्थ्यका बारेमा चासो व्यक्त गरिएको थियो । प्रम ओलीले आफूले ‘गतहप्ता सिङ्गापुरमा आँखा, […]