काठमाडौँ, ८ भदौ । राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । यसअघि सहकारी तथा गरीबी निवारणमन्त्री पद्याकुमारी अर्यालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक प्रस्तुत गरेकि हुन् । विधेयकमाथिको छलफलमा उठेका जिज्ञासामा […]
राजनीति
सगरमाथा संवाद समितिको बैठक
काठमाडौँ, ८ भदौ । नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान घोषणापछि प्राप्त राजनीतिक स्थायित्व तथा यहाँ उपलब्ध लगानीका अथाह अवसरबारे विश्व समुदायलाई जानकारी दिने उद्देश्यले आगामी फागुनमा आयोजना गरिने ‘सगरमाथा संवाद’ आयोजक समितिको पहिलो बैठक परराष्ट्र मन्त्रालयमा आज सम्पन्न भयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा भएको उक्त बैठकले आगामी शुक्रबार ‘सगरमाथा संवाद सञ्चालक समिति’ र […]
संविधान कार्यान्वयनमा दलहरु एकजुट हुनुपर्छ:सांसद
काठमाडौँ, ८ भदौँ । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमालाका बारेमा सरकारको ध्यानाकर्षण गराए । आजको बैठकमा उनले भने “पूर्वराजाका छोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ की छैन रु बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किदैन । […]
भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन: सञ्चार मन्त्री
अर्घाखाँची, ८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन् । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताए ।उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य […]
‘भेइकल ट्रयाकिङ सिस्टम’मा जोडिए २७ हजार व्यवसायी
काठमाडौँ, ८ भदौ । राजश्व चुहावट रोक्न सरकारले प्रविधिको प्रयोग गरी मालसामान ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गराउने कार्य गत साउनदेखि लागू ग¥यो । उक्त प्रणालीलाई ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ भनिन्छ । व्यवसायीले एक ठाउँबाट अर्काे स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण विभागको केन्द्रीय […]
नलगाडमा डिपिआरको काम गर्ने मजदुरले पाएनन् ज्याला
जाजरकोट, ८ भदौ । नलगाड हाइड्राेपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन् । निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन् । दुई महीनादेखि […]
हरित प्रदेश अभियान शुरु
सप्तरी, ८ भदौ । प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा शनिबारदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ वटै जिल्लामा वृक्षरोपण शुरु गरेको हो । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा शनिबार […]
देशभरका प्रत्येक जिल्लाबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गरिँदै
काठमाडौं, ७ भदौ । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले […]
विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने : मन्त्री भट्टराई
फिदिम, ७ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रममा आज फिदिममा सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले […]
सुष्मा स्वराजपछि मोदीका अघिल्लो कार्यकालका अर्थमन्त्री अरुण जेटलीको निधन
काठमाडौं, ७ भदौ । भारतका पूर्व वित्तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । केहीदिन अघिदेखि अस्पतालमा भर्ना भएका जेटलीकाे शनिवार निधन भएकाे हाे । श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएका थिए। अस्पतालमा पनि उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको थियो। ६६ वर्षे भाजपाका पाका नेता […]











