देउवालार्इ संसदीय दलको नेता बन्न नदिन कांग्रेस सबै युवा नेता एक

काठमाडाैं, १६ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता बन्न अग्रसर बनेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका नेता तथा कार्यकर्तामा आक्रोश बढेको छ । देउवा आफैं प्रतिस्पर्धामा आउँदा संसदको अंकगणितले उनी दलको नेता बन्ने सम्भावना भने छ । ‘तर, पार्टीले नराम्रो क्षति व्यहोर्नुपर्ने छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाइ छ, ‘तीनै तहको […]

फोरमलार्इ सरकारमा ल्याउन प्रम ओलीले चार मन्त्रीमात्र थपेको खुलासा

काठमाडौ, १५ फागुन । प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए […]

दलालहरु देशबाट लखेटौ, लुटेराहरूबाट देश जोगाऔ

नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा देशका विभिन्न स्थानमा दलाल र राष्ट्रघाती पुँजीमाथि आक्रमण गरिएका छन् । कुनै पनि मूल्यमा खारेज गर्नुपर्ने राष्ट्रघाती माथिल्लो कर्णाली र अरुण तीन परियोजनामाथि महान् जनयुद्धको २३ औँ वर्षदिवसको अवसर पारी आक्रमण गरिए । राज्यलाई ६२ अर्बभन्दा बढी रकम कर नतिर्ने, बरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्बद्ध अधिकारीहरूलाई केही करोड रूपैयाँमा खरिद […]

सिरिया युद्धः युद्ध रोक्ने कि सबै सिरियाली जनता मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्ने

सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको सात वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालिलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान […]

माओवादी केन्द्रमा संस्थापनभन्दा विद्रोहीहरु हावी, साथ छोड्नेहरुलार्इ मात्र अवसर दिएको चर्को असन्तुष्टि

Maoist-Office

काठमाडौं, १५ फागुन । पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् । केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले पठाएका थापा र यादव कुनै समय पुष्पकमल दाहाल नेतृत्वको मूल पार्टीबाट अलग भएका थिए । मूल पार्टीमा फर्केको केही समयमै थापाले गृह र यादवले […]

बाध्य भएर आत्मसमर्पण गरेका टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकियो

कैलाली, १४ फागुन । लामाे समयदेखि फरार अवस्थामा बसेका टिकापुर घटनाका अभियुक्त रेशम चाैधरीकाे बयान सकिएकाे छ । चाैधरीले जिल्ला अदालत सामु अात्मसमर्पण गरेपछि अाज उनकाे जिल्ला अदालतमै बयान लिइएकाे हाे । चाैधरीकाे बयान सकिएपछि अब उनकाे मुद्दामाथिकाे बहस सुरु भएकाे कैलाली जिल्ला अदालतस्राेेतले जानकारी दिएकाे छ । अाफूले गल्ती नगरेकाे दावी गर्दै कुनै हालतमा […]

कांग्रेसले समानान्तर सरकार चलाउने, ओलीले बनाउने सबै मन्त्रीविरुद्ध कांग्रेसले पनि अाफ्ना मन्त्रीहरु तोक्ने

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसले केपी अाेली सरकारका विरुद्ध समानान्तर सरकार गठन गर्ने भएकाे छ । समानान्तर सरकार गठन गरी केपी अाेली नेतृत्वकाे सरकारलार्इ कडा टक्कर दिने निर्णय कांग्रेसले गरेकाे हाे । यस्ताे समानान्तर सरकार संघीय र प्रदेश दुबै तहमा हुने कांग्रेसले जनाएकाे छ । कांग्रेसले यसलार्इ छाया सरकार भनेकाे छ । अाेलीले जुन […]

फैसलामा कमजोरी गर्ने १७ न्यायाधिश छानविनमा

काठमाडौं, १४ फागुन । न्यायसम्पादन प्रक्रियालाई लिएर न्यायपरिषदमा दर्ता भएका उजुरीका आधारमा १७ जना न्यायाधीशमाथि छानबिन सुरु भएको छ । परिषद्ले ती न्यायाधीशमाथि छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मि श्रलाई उजुरी जिम्मा लगाएको छ । परिषद् स्रोतका अनुसार मि श्र समितिले उजुरीअनुरूप प्रारम्भिक छानबिन सुरु गरेको छ । सुरुमा परिषद् सदस्य रामप्रसाद सिटौला र […]

केपीले कसैलार्इ पनि उपप्रधानमन्त्री नबनाउने, अर्थमन्त्री बन्न एमालेमा ठूला नेताबीच हानथाप

काठमाडाैं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा अाेलीले अाफ्नाे सरकारमा कसैलार्इ पनि उपप्रधानमन्त्री नबनाउने भएका छन् । यसअघि प्रधानमन्त्री हुँदा ६ जनासम्म उपप्रधानमन्त्री बनाएपछि निकै अालाेचना खेपेका अाेलीले यसपटक कसैलार्इ उप नबनाउने बताएका हुन् । त्यसका लागि अाेलीले साझेदार दल  माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगसमेत छलफल गरिसकेकाे बताइएकाे छ । प्रचण्डले पनि अाेलीलार्इ यसमा […]

एमालेमा पहिलोपटक मन्त्री हुन रस्साकस्सी गर्ने को को ?

काठमाडाैं, १४ फागुन । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी नेताहरूसँग अन्तिम परामर्श गरेका छन् । मन्त्री बन्न एमालेका सांसदहरु अन्तिम रस्साकस्सीमा लागेका छन् । माओवादीमा प्रत्यक्ष जितेका अधिकांशले मन्त्रीको आकांक्षा देखाएका छन् । सम्भव भएसम्म आज(सोमबार) बेलुकीसम्म मन्त्रीहरूको शपथ गराउने गरी ओलीले आइतबार शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् ।‘सोमबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने […]