कर्णालीमा नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा

सुर्खेत, ६ कात्तिक । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थानीय कमिटी गठन अन्तिम चरणमा पुगेका छन् । नेकपाले सुर्खेतबाहेक सबै जिल्लामा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कमिटीका पदाधिकारीका साथै इञ्चार्ज चयन गरिसकेको छ । नेकपा प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले कर्णालीका सुर्खेतबाहेक बाँकी नौ जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, स्थानीय तह […]

विप्लवका कार्यकर्ताले सत्तारुढ नेकपाका नेतामाथि रापानी भिरमा गरे आक्रमण, गाउँ पस्न रोक लगाइएको चेतावनी

जाजरकोट, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो । जिल्ला पार्टीले तय गरेको राजनैतिक प्रशिक्षण कार्यक्रमका लागि आज बिहान बारेकोट जाँदै गर्दा उनीहरुमाथि बारेकोटको […]

प्रचण्ड–माधव नेपालबीच खुमलटारमा गोप्य बैठक, पार्टीमा नयाँ समिकरण सुरु

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्। उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्। त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्त्याइएका थिए। तीन नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो। ओलीले पार्टी एकताका बेलाको सहमति […]

एकताको कुराले राजपाको अध्यक्षमण्डलमा झण्डै हात हालाहाल

काठमाडौं, ६ कात्तिक । सत्तासाझेदार समाजवादी पार्टीसँगको एकीकरण विषयले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)मा तीव्र असन्तुष्टि देखिएको छ । राजपा नेपाल अध्यक्षमण्डबीच एकीकरण विषयमा मतभेद बढ्दै जाँदा पार्टीका नेता दुई समूहमा विभाजित हुन थालेका छन् । राजपा नेपाल अध्यक्षमण्डलको आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकमा एकीकरणकै विषयमा नेताहरूबीच चर्काचर्कीसमेत भएको छ । बैठकमा अध्यक्षमण्डलका […]

प्रचण्डले गरे आरोपको खण्डन गर्दै कृष्णबहादुर महराको बचाउ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएकाे एक आराेपकाे बचाउ गरेका छन् । प्रचण्डले अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गतको एउटा सम्झौताबारे उठेका प्रश्नहरू सम्बोधन गरेर मात्रै त्यसलाई संसद्बाट अनुमोदन गरिने बताउँदै यसबारे महरालाइ जाेडेर लगाइएकाे एक अाराेपकाे […]

सडक खनिरहेका चालकले एकाएक मान्छेहरुमाथि डोजर चलाए, ८ घाइते

बैतडी, ५ कार्तिक । सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा […]

अब विकास र समृद्धिको नतिजा देखा पर्दै जान्छः मन्त्री पुन

परासी, ५ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताए । पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अव विस्तारै नतिजा देखिदै जाने बताए । पश्चिम नवलपरासीको परासीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, “झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अव […]

संवैधानिक परिषद्का निर्णय सहमतिमा हुनुपर्ने काङ्ग्रेसको माग

काठमाडौँ, ५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो । संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले […]

छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा: अध्यक्ष दाहाल

फिदिम, ५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । “चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ”, फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई […]

नेपालको पर्यावरण जोगाउन विकसित मुलुकले सहयोग गर्नुपर्छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ५ कात्तिक । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताए । चीनको राजधानी बेइजिङमा जारी नवौँ बेइजिङ स्याङ्सन फोरमको साना र मध्यम मुलुकका साझा स्वार्थ र सुरक्षाका विषयको सत्रमा आज सम्बोधन गर्दै आफ्नो तर्फबाट कुनै कमजोरी नहुँदा […]