अत्तरिया, १ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले रु ३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ । कार्यालयले दिएको जानकारीअनुसार गत आव २०७५÷७६ सम्मको मात्रै रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहको हो । प्रदेशमा सडक बत्तीबापत रु नौ करोड ४८ लाख २० हजार, गैरव्यापारिक रु एक करोड ६८ […]
राजनीति
उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ: केन्द्रीय सदस्य पौडेल
पोखरा, १ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यका लागि पनि जनमत जाहेर गर्न उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताए । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज पोखरा महानगरपालिका–३३ मा घरदैलोमा सहभागी बन्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको […]
कालापानीबाट भारतीय सेना लेखेटेरै छाड्ने प्रधानमन्त्री ओलीको दावी
काठमार्डौं, १ मंसिर । कालापानीबाट भारतीय सेना फिर्ता गराएरै छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठनको एक कार्यक्रममा बोल्दै प्रम ओलीले सो दावी गरेका हुन् । राजधानीमा आजदेखि सुरु भएको राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रम ओलीले नेपालले आफ्नो एक इन्च भूमि पनि […]
प्रहरीले पक्राउ गरेर लगेका सेनाका जवान मृत फेलापरेपछि फिस्लिङमा पृथ्वी राजमार्ग ठप्प
चितवन, १ मंसिर । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए। कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा […]
‘हेर मोदी, यो हो नेपालको नक्सा’ लेखेको ब्यानर देखाउने विद्यार्थीमाथि प्रहरीको चर्को दमन
काठमाडौं, १ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीमा अतिक्रमणको विरोधमा गरेको प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप भएको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो । बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र […]
चिनियाँ पर्यटकको बृद्धिले चिनियाँ भाषा जान्ने नेपालीको माग पनि बढ्ने
काठमाडौं । नेपाल पर्यटन बोर्डमा आयोजित शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीहरुले नेपाल चिनिया पर्यटकहरुको लागि महत्वपूर्ण गन्तब्य भएको बताए । चौथो चिनिया भाषा प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरिएको एक समारोहमा बोल्दै काठमाडौंस्थित चिनिया राजदूतावासका राजनीतिक तथा प्रेस शाखाका प्रमुख वाङ स्याओलोङले नेपाल–चीन सधैं असल छिमेकी, असल मित्र र असल सहयोगी रहि आएको […]
भारतको विस्तारवादी नीतिकै कारण भारतसंग जोडिएका सीमा असुरक्षित् भएको निष्कर्ष
भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेत समावेश गरेपछि देशव्यापीरुपमा त्यसको बिरोध हुँदै आएको छ । यसैबीच भक्तपुरको वागीश्वरी कलेजमा पनि उक्त विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । वागीश्वरी कलेजको आयोजनामा शुक्रवार नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतले गरेको सीमा अतिक्रमणविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल क्रान्तिकारी […]
उपनिर्वाचन २०७६: चुनावी चहलपहल बढ्दै
डोटी, २९ कात्तिक । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ को वडाध्यक्ष पदमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि जिल्लाका राजनीतिक दलले उम्मेदवारी दर्ता गरेसँगै चुनावी चहलपहल बढाउन थालेका छन् । जिल्लाको आदर्श गाउँपालिका–२ मौवामा हुन लागेको वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । दुईवटै […]
उपनिर्वाचन २०७६: त्रिपक्षीय भिडन्त
वीरगञ्ज, २९ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने अध्यक्ष पदको उपनिर्वाचनमा पाँच जना उम्मेदवारले उम्मेदवारी दिए पनि सत्तारुढ दल नेकपा, सत्ता साझेदारी दल समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सबै दलले निर्वाचन […]
उमेद्वारसंगै पूर्वप्रधानमन्त्री पनि देखेपछि दुवाकोटबासी दंग
भक्तपुरमा हुनगैरहेको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल मतदाताको घरमै पुगेका छन् । शुक्रवार विहान उनी आफ्ना पार्टीका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार डीपी ढकाललाई भोट माग्दै घर-घर पुगेका हुन् । नेता नेपालले चाँगुनारायण-१ स्थित दुवाकोटमा पुगी पार्टीका उम्मेदवारलाई सूर्य चिन्हमा भोट हाली विजय गराउन […]










