कैलाली, २४ जेठ । कैलालीमा प्रहरीले मलामी खाेजेर गाउँ पसेपछि गाउँलेहरु त्रसित भएका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका वार्ड नं ४ मा प्रहरीले यसरी मलामी खाेजेकाे हाे । मलामी खाेज्नुकाे कारण अरु नभइ काेराेना नै रहेकाे बताइएकाे छ । एक मृतक महिलाकाे शव जलाएपछि उनमा काेराेना संक्रमण रहेकाे पुष्टि भएपछि प्रहरीले उनकाे मलामी गएकाहरुलाइ खाेजि […]
राजनीति
कोरोनाविरुद्ध नेपालले बनाएको भनिएकाे खोपमा डब्ल्युएचको चासो
हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध […]
आजदेखि विनियोजित बजेटको मन्त्रालयगत छलफल
काठमाडौँ । आगामी आर्थिक वर्षको विनियोजित बजेटको मन्त्रालयगत छलफल संसदमा आज (शुक्रबार) देखि सुरु हुँदै छ । विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तगर्त आज सातवटा मन्त्रालयका विभिन्न शीर्षकहरुबारे छलफल हुने कार्यसूचि छ । आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय […]
हङकङका विषयमा नेपालले चीनको पक्ष लियो
काठमाडौं । हङकङमा जारी तनावलाई लिएर नेपालले चीनको पक्षमा बोलेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपालको एक चीन नीतिलाई दोहोर्याउयँदै हङकङ चीनको अभिन्न अंग रहेको जनाएको छ । चीनले जारी गरेको राष्ट्रिय सुरक्षा नीतिलाई लिएर मिडियाले नेपालको प्रतिक्रिया मागिएको सन्दर्भमा परराष्ट्र मन्त्रालयले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र हङकङ चीनको अभिन्न […]
जेठमा कर नतिरे जरिवाना लगाउने निर्णयबाट पछि हट्यो सरकार असार ७ गतेसम्म समय थप
काठमाडौं, २१ जेठ । व्यापक विराेध भएपछि सरकार जेठ महिनाभित्रै कर तिराउने निर्णयबाट पछि हटेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरिएको जनाएकाे छ । विभागले यसअघि जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएकाे थियाे […]
एमसीसी अस्वीकार गर्न माग गर्दै सत्तारुढ दलकै विद्यार्थीसहित माइतीघरमा प्रदर्शन
काठमाडौं, २१ जेठ । लकडाउनका वावजुत माइतीघरमा बुधवार एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरिएकाे छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका लागि घातक रहेकाे भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । बुधवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनले समेत माइतीघरमा प्रदर्शन गरेको छ । त्यसैगरी नेपाल […]
लोकसेवा आयोगले सुरु गर्यो परीक्षा लिने प्रक्रिया
काठमाडौंं । लाेकसेवा अायाेगले परीक्षाका प्रक्रियाहरु सुरु गर्न थालेकाे छ । कोरोनाकाे संक्रमण जोखिमका कारण यसअघि पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू स्थगित गरिएका थिए । स्थगित कार्यक्रमहरु आयोगले पुनः सुरु गर्न थालेको हाे । आयोगको सोमबार बसेको बैठकले स्थगित प्रक्रिया सुरु गर्ने निर्णय गरेकाे हाे । साेमवारकाे निर्णयबाट सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरिएको छ […]
अर्थमन्त्रीले प्रस्तुत गरेको वजेटप्रति असन्तुष्टि जनाउँदै सरकारकै मन्त्रिले निकाले वक्तव्य
काठमाडाैं । सरकारले प्रस्तुत गरेकाे वजेटप्रति असन्तुष्टि जनाउँदै एक मन्त्रीले विज्ञप्ति जारी गरेका छन् । यसरी वक्तव्य जारी गरेर असन्तुष्टि जनाउँदै मन्त्री हुन शिक्षामन्त्री गिरिराजमणी पोखरेल । उनले बिहीबार सदनमा अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि व्यक्त गर्दै त्यसमा पुनर्विचार गर्न आग्रह गरेका छन्। मन्त्री पाेखरेलले अाफूलाइ थाहा नै नभएकाे कुरा अाफ्नाे मन्त्रालय अन्तगर्तकै कार्यक्रममा परेकाे […]
लकडाउनको समय १२ दिन थप, सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, १७ जेठ । काेराेनाकाे संक्रमण नराेकिएकाे भन्दै सरकारले लकडाउनकाे समय अझै थप गरेकाे छ । शनिवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले थप १२ दिन लकडाउन थपेर लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हाे । मन्त्रिपरिषदले लकडाउनकाे माेडालिटीमा केही परिवर्तन हुन सक्ने बताएकाे छ । त्यसका लागि कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न […]
जेठ ३२ गतेसम्म लकडाउन थप्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको छ । बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी […]










