प्रचण्ड निवासमै भेटिए ६ जना कोरोना संक्रमित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ। प्रचण्डको सचिवालयका अनुसार बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो। ‘निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो’, सचिवालयले भन्यो, ‘उहाँलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीमा भने कोरोना नेगेटिभ भेटियो।’ प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको कोरोना जाँच गरिएको […]

सत्तारुढ नेकपाका सर्लाही जिल्ला अध्यक्ष पन्तमा कोरोना पाेजेटिभ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरस संक्रमण (काेभिड १९ ) भएको छ । उनको स्वाब टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । पन्त आफैले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन् । बुधवार उक्त कुराको जानकारी गराउदै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सावधान बन्न र स्वाब टेस्ट गराउन आग्रह समेत […]

काठमाडौँमा बिहिबारबाट फेरि पनि जोरबिजोर लागू (बिज्ञप्ति सहित)

काठमाडाैं । सरकारले  बिहीवारबाट लागू हुने गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्न/गराउन सूचना जारी गरेको छ । गृह मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत सूचना जारी गरेको हो । मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा प्रेषित प्रेस विज्ञप्तीमा काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा र उपत्यका बाहिर २ सयजना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाका […]

कोरोनाको जोखिम बढाएको भन्दै सबै बैंंक तथा वित्तीय संस्थालाइ कारोबार बन्द गर्न महानगरको पत्राचार

मोरङ । विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुलाई भौतिक रुपमा नगद कारोबार बन्द गर्न आग्रह गरेको छ। विराटनगरमा कोरोना भाइरस समुदायस्तरमा फैलिएकाले भौतिक रुपमा नगद कारोबार नगर्न महानगरपालिकाले विराटनगरका बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको हो। महानगर क्षेत्रमा लकडाउन गरे पनि बैक तथा वित्तीय संस्थामा भीडभाड भइरहेकाले संक्रमणको सम्भावना रहेको भन्दै महानगरपालिकाले लकडाउन अवधिभर विद्युतीय […]

आजदेखि पाँच दिन लकडाउन गर्ने उपमहानगरकाे निर्णय

सुनसर । कोरोना संक्रमित बढेपछि इटहरी उपमहानगरपालिका आजदेखि पाँच दिनका लागि लकडाउन लागू गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको हो। केही दिनअघि उपमहानगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि इटहरीमा थप शंकास्पद व्यक्तिहरूको स्वाब नमूना संकलन गरिएको थियो। तीमध्ये मंगलबार थप चार जना संक्रमित थपिएका छन्। […]

शक्तिशाली वम बिस्फोट हुँदा लेबनानमा कम्तीमा ७८ जनाको मृत्यु, ४,००० बढी घाइते

काठमाडाैं । लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ। बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेरुत शहरको तटीय क्षेत्रमा भएको बिस्फोटको भिडियोमा धुवाँको मुस्लो उड्दै गरेको तथा आगो दन्किरहेको देखिन्छ । गोदाममा विगत ६ वर्षदेखि राखिएको बिस्फोटक पदार्थका […]

कतारमा अलपत्र परेका १५१ नेपाली स्वदेश फर्किए

काठमाडाैं । कोरोना भाइरसको महामारी लगायत विभिन्न कारणले कतारमा अलपत्र परेका १५१ नेपाली स्वदेश फर्किएका छन् । कतारस्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा उनीहरु स्वदेश फर्किए हुन् । दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ बालबालिका र १८ महिलासहित १५१ जना नेपाली स्वदेश फर्काइएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव भुवन प्रसाद […]

२५ शैयासम्मका अस्पतालको दर्ता, नवीकरण तथा स्तरोन्नतिको अनुमति अब महानगरपालिकाबाटै

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि कामाठाडौँ महानगरपालिकाबाट अनिवार्य अनुमति लिनु पर्ने भएको छ । सो कार्यका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य […]

स्पेनका पूर्व राजाद्वारा देश छाड्ने घोषणा

काठमाडौं, २० साउन । करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको छ । उनले कहिले देश छाड्छन् […]

गाईजात्रा अर्थात साँःपारु शुरु भए पनि मन बाधेर बस्न आग्रह

भक्तपुर । आजबाट गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । यो कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ७ दिन मनाइने पर्व हो । यो पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गरी गाईजात्रा पर्व मनाइने प्रचलन रहिआएको पाइन्छ । नेवार समुदायले देशका विभिन्न शहरमा गाईजात्रा मनाउँछन । गाईजात्राका अवसरमा आज नेवार […]