पहिलोपटक ‘एन्टी स्नेक भेनम’को उत्पादन

काठमाडौं ।  नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।   निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।   करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र […]

एक करोड लागतमा पोखरामा बनाइएको भलिवल तालिमकेन्द्र सुरु

पोखरा, २० कार्तिक । पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर खुल्ला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको दुई लाख गरी ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरेका हुन् । परिषद्को १८ लाख ९० हजारको लागतमा निर्माण […]

नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना

बुटवल, २० कार्तिक । नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको टायरका कारण दुर्घटना भएकाे हाे । जहाजकाे पछाडिकाे बाँया पट्टीको टायर पञ्चर […]

६ ठाउँमा भूकम्प मापन गर्ने अत्याधुनिक केन्द्र बन्दै

काठमाडौँ, २० कार्तिक । जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र […]

हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुरको मृत्यु

 भ्रष्टाचारको आरोपमा पूर्व राजकुमारहरु र उच्च पदस्थ कर्मचारीहरुलाई हिजव पक्राउ गरेर अनुसन्धान शुरु गरेको साउदी अरबमा  हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुरको मृत्यु भएको छ ।   यमनको सीमा असीर क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । केही उच्च  अधिकारीहरुसहित हेलिकोप्टर यात्रामा निस्किएका मंसुरको टोलीका सबैको मृत्यु […]

कहाँ कति मतदाता

काठमाडौँ । निर्वाचन आयोगले १ करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६ सय २७ पुरुष मतदाता छन् भने महिलाको सङ्ख्या ७६ लाख ५१ हजार १ सय ४१ छ । तेस्रोलिङ्गी मतदाताको संख्या १ सय ६७ देखिएको छ । जसअनुसार मोरङमा  सबैभन्दा धेरै र मनाङमा सबैभन्दा […]

भक्तपुरमा एमालेले बाम गठबन्धन तोड्यो : संयोजक ढकाल

भक्तपुर । नेकपा एमालेले भक्तपुरमा बाम गठबन्धन तोडेको माओबादी केन्द्र भक्तपुरका जिल्ला संयोजक डीपी ढकालले बताएका छन् । इभक्तपुरसंग कुरा गर्दै संयोजक ढकालले एमालेले गठबन्धन तोडीसकेपछि माओबादी केन्द्र मात्र गठबन्धनको पुच्छर समातेर बस्न नसक्ने बताए ।     २ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा एक – एक क्षेत्र बाँडफाँड गरि चुनावमा होमिएकाे बाम गठबन्धन भक्तपुरमा एक […]

जेलमा रहेका अभियुक्तले समेत प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेको खुलासा

कैलाली, १९ कार्तिक । मंसिरमा हुने संघ तथा प्रदेशकाे निर्वाचनका लागि प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका तथा जेलमा बसेका समेतले उम्मेदवारी दर्ता गरेकाे थाहा भएकाे छ । उनीहरुले अाफै उपस्थित नभएर वारेसमार्फत उम्मेदवारी दर्ता गराएकाे खुलेेकाे हाे । यसअघि दिपक मनाङे र गणेश लामाकाे उम्मेदवारीका बारेमा पनि प्रश्न उठेेकाे थियाे । त्यससँगै नेपाल प्रहरीका एसएसपीसहित ८ […]

आफूमाथि खतरा आइलागेको भन्दै प्रधानमन्त्रीले दिए राजिनामा

एजेन्सी । आफूमाथि खतरा आइलागेको भन्दै एक लेबनानी प्रधानमन्त्रीले राजिनामा दिएका छन् । लेवनानका प्रधानमन्त्री सायद हरीरीले मुलुकमा इरानको ‘हस्तक्षेप’ र आफ्नो जीवनमा नै खतरा रहेको कारण देखाउँदै राजिनामा दिएको घोषणा गरेका हुन् । आफ्ना पिताको पनि प्रधानमन्त्री रहेकै बेला हत्या भएको स्मरण गर्दै प्रधानमन्त्री हरीरीले त्यस्तै खतरा आफूमाथि आउने संकेत गरेका छन् । उनले […]

सुन तस्करीको धन्धा खुलेपछि माअाेवादी नेता फरार, प्रहरी व्यापक खाेजीमा

सिन्धुपाल्चाेक, १९ कार्तिक । सुन तस्करीकाे धन्धा खुलेपछि माअाेवादी नेता तथा भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष फरार भएका छन् । सिन्धुपाल्चोकका माअाेवादी नेता समेत रहेका भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा समेत चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ […]