गाेरखा, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले देशभर उम्मेदवारका घरमा विराेधस्वरुप कालाेझन्डा गाडेकाे छ । देशका विभिन्न भागमा नेकपाले कालाेझन्डा गाड्नेसँगै अन्य गतिविधि बढाइरहेकाे छ । यसैक्रममा नेकपाले बाबुराम भट्टरार्इकाे घरमा कालाे झन्डा गाडेकाे छ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक रहेका भट्टराईको घरमा नेकपाले शुक्रबार राती झण्डा गाडेको हाे । गोरखा निर्वाचन क्षेत्र नम्बर […]
मुख्य समाचार
पत्रकार महासंघमा एनअारएनए पदाधिकारी
नेपाल पत्रकार महासंघ र गैरआवासीय नेपाली संघ (एनअारएनए)का नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीबीच भेटघाट भएकाेछ । नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यालयमा साे भेटघाट भएकाे हाे । एनअारएनएका पदाधिकारीहरुलाई स्वागत तथा शुभकामना दिन महासंघले साे कार्यक्रम अायाेजना गरेकाे हाे । सञ्चारग्रामस्थित महासंघकाे सभाहलमा भएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल पत्रकार […]
आजको पुँजीवाद र बौद्धिक सम्पत्तिको मुल्याङ्कन
एचआइभी/एड्सको उपचार सर्वसुलभ गराउने लक्ष्यका साथ सन् १९९७ मा दक्षिण अफ्रिकी सरकारले मौजुदा कानुन संशोधन गर्ने प्रयास गरेका वेला विश्वभरका औषधि उत्पादन उद्योगको शक्ति कमजोर बन्न पुग्यो । अतः औषधि उद्योगले सो कानुन कार्यान्वयनमा ढिलाइ गर्न लागिपरे । कालान्तरमा यो मुद्दा दक्षिण अफ्रिका आफ्नो पक्षमा पार्न त सफल भयोे । तर, आफ्ना नागरिकको स्वास्थ्य तथा […]
काँग्रेस महासमिति सदस्य प्रवीण वनद्वारा पार्टी परित्याग
भक्तपुर । नेपाली काँग्रेसमा उम्मेदवार चयनमा अन्याय गरेको आरोप लगाउदै महासमिति सदस्य प्रवीण वनले पार्टीको साधारण सदस्य पनि नरहने गरि पार्टी परित्याग गरेका छन् । निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क) मा उम्मेदवारीको दौडमा रहेका वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गरेका हुन् । वनले जिल्ला सभापति दुर्लभ थापामार्फत पार्टीका […]
यी नेताहरु जसले धम्की दिर्इ दिर्इ छोराछोरीलार्इ उम्मेदवार बनाए
काठमाडाैं, १८ कार्तिक । मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सबैतिर मनाेनयन दर्ता भइसकेकाे छ । मनाेनयनका क्रममा यति राेचक दृष्य देखिएका छन कि जसले याे राजनीतिकै बारेमा मान्छेकाे धारणा नै बदल्छ । केही पार्टीले प्रहरीकाे सर्वाधिक खाेजिकाे लिस्टमा रहेका गुण्डाहरुलार्इ उम्मेदवार बनाएकाले चर्चा बढेकाे छ भने कतै दलका प्रमुख नेताहरुले अाफ्ना छाेराछाेरीलार्इ […]
एकाबिहानै आफ्नो घरमा कालो झन्डा देखेर जनार्दन चकित
रुकुम, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ । प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको भन्दै चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । पूर्वमन्त्री हुँदा नेता प्रभाकरले अाफ्ना थुप्रै […]
नेपालमा बसी लागूपदार्थ कारोबार र मान्छे मार्ने धन्धामा लागेका भारतीय गिरफ्तार
जनकपुरधाम, १८ कार्तिक । नेपालमा बसी विभिन्न अपराधिक क्रियाकलापमा सम्लग्न भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयको एक टोलीले अन्सारुल राइन नामक भारतीयलाई पक्राउ गरेको हो । पक्राउ परेका राइन लामो समयदेखि नेपालमा लागु पदार्थको कारोबारमा सम्लग्न भएको खुलेको छ । शुक्रबार पक्राउ पर्दा उनी ठूलो मात्रामा लागुपदार्थ ल्याएर भारतबाट नेपालतर्फ आउँदै […]
राती ड्यूटी गरिरहेकै ठाउँमा प्रहरी हवल्दारको मृत्यु
भक्तपुर, १७ कार्तिक । भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात् मृत्यु भएको छ । कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । ढलेलगत्तै गठ्ठाघरस्थित नागरिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । […]
सरकारी सूचना लुकाउन खाेज्ने ६ सय ९९ कर्मचारीका विरुद्ध मुद्दा
काठमाडौँ, १७ कार्तिक । सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध उजुरी गरिएको छ । राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा सूचना उपलब्ध नगराउने ६९९ स्थानीय तहका सूचना अधिकारीविरुद्ध हुलाकमार्फत सम्बन्धीत निकायका कार्यालय प्रमुखसमक्ष उजुरी गरिएको हो । मुलुकभरका […]
यसरी बैधानिक हुँदैछ मनाङे, लामा सहितका गुण्डाहरुको राजनीतिक अपग्रेड
काठमाडाैं, १७ कार्तिक । दीपक मनाङे र गणेश लामा याे मंसिरमा हुने निर्वाचनका निकै चर्चाका उम्मेदवार बनेका छन् । उनीहरु उम्मेवार बनेकाे सुन्ने वा थाहा पाउने सबै चकित परेका छन । विभिन्न अपराधिक कार्यबाट बदनाम भएका यस्ता पात्रहरुकाे अबकाे संघीय नेपालमा दवदवा हुने चर्चाले राजनीतिक बजार तातेकाे छ । मनाङे र लामा बिरुद्ध काठमाडौं प्रहरीको […]










