बुटवल, २३ माघ । प्रदेश नं ५ को स्थायी राजधानी तथा नामकरणको विषयमा आज सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता बलदेव शर्माले प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको विषयमा टुङ्गो नलाग्दासम्म संसद् चल्न नदिने अडान लिए । सभामुख पूर्णबहादुर घर्तीले नेपाल […]
मुख्य समाचार
नेविसङ्घ अध्यक्षसहित सात पक्राउ
काठमाडौँ, २३ माघ । प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी जलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले तिनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जीव खड्का, सागर पाण्डे र शङ्कर […]
सडकका मोड र अप्ठेरा भूभाग मजबुत बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि आयो
दोलखा, २३ माघ । दोलखा उत्तर जोड्ने प्रमुख सडक सिङ्गटी सडकका मोड र अफ्ठेरा भू–भाग बलियो तथा टिकाउ बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि अपनाइने भएको छ । यसअघि डिबिएसटी प्रविधि प्रयोग गरिएको उक्त सडकखण्डको पिच महीनादिनमै भत्किन थालेपछि मोड तथा ओसिलो भागमा सो विधि अपनाइने भएको हो । डिबिएसटी पिच (डबल विटुमिन सरफेस ट्रिटमेन्ट) सामान्यतया एक […]
अदालतले भन्यो ‘विप्लव ज्यान मार्ने उद्योगमा लागेका छैनन’
भोजपुर, २२ माघ । भोजपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित १६ नेतालाई एक मुद्दामा सफाई दिएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिट्ब्यूरो सदस्य पदम राईलगायत १६ जनाविरुद्ध भोजपुरमा ज्यान मार्ने उद्योग र बिष्फोटक पदार्थ सम्बन्धी मुद्दा दायर गरिएको थियो । सोही मुद्दामाथि सोमवार सुनुवाई गर्दै […]
भृकुटीमण्डपको सरकारी जग्गा प्रतिरोपनी ९ हजारमा भाडामा दिने दुई मन्त्रीविरुद्ध अख्तियारले लगायो मुद्दा
काठमाडौं, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । समाजकल्याण परिषदको जग्गा अत्यन्तै सस्तो दरमा भाडामा दिई ठूलो रकम अनियमितता गरेको प्रकरणमा अख्तियारले छानविन गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । महिला तथा बालबालिका मन्त्रालयको जिम्मा पाएका पूर्वमन्त्री बद्री न्यौपाने र टेकबहादुर गुरुङ विरुद्ध […]
सरकारले दुई वटा रेल किन्ने प्रक्रिया अगाडि बढायो
काठमाडौ, २१ माघ । सरकारले २ वटा रेख खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको हे । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको जानकारी दिएको छ । यसअघि गत पुस २९ गते मन्त्रिपरिषद बैठकले रेल […]
नेपालमै हुनेभयो कथा प्रतियोगिता, उत्कृष्ट कथा लेख्नेलाई एक लाख दिइने
काठमाडौं, २१ माघ । नेपालमा कथा लेखन विधामा पनि प्रतियोगिता हुने भएको छ । त्यो पनि अहिलेसम्मकै ठूलो पुरस्कार राशीसहित । १२ खरी बुक्सले यस्तो राष्टव्यापी खुल्ला आधुनिक कथा प्रतियोगिताको घोषणा गरेको हो । कथा विधालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गरिएको १२ खरी बुक्सका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जनाएका छन् […]
गगनविरुद्ध पोखरामा कांग्रेस विद्यार्थीले नै देखाए कालोझण्डा
पोखरा, २१ माघ । आफूहरुले गाडी जलाएको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कांग्रेस नेता गगन थापाका विरुद्ध सोही पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पोखरामा कालोझण्डा देखाएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत रहको थापा सोमवार सरकार विरुद्ध पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पोखरा पुगेका थिए । सोही क्रममा उनलाई उनकै विद्यार्थी संगठनका […]
भेनेजुयलामा हस्तक्षेप गरिरहे ट्रम्पले रगतले लत्तपतिएको अवस्थामा ह्वाइट हाउस छोड्नुपर्ने मादुरोको चेतावनी
एजेन्सी । निर्वाचित राष्ट्रपतिलाई चुनौती दिँदै अमेरिकाले सडकबाट विपक्षी नेतालाई राष्ट्रपति घोषणा गर्न लगाएपछि ल्याटिन अमेरिकी देश भेनेजुयलाको राजनीति तातिएको छ । जनताको ठूलो मत पाएर राष्ट्रपतिमा निर्वाचित भएका निकोलश मादुरो विरुद्ध अहिले अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरु भेनेजुयलामा संकट निम्त्याउन लागि परेका छन् । भेनेजुयलाको विपक्षी दलका नेता क्आन गुएडोले गएको जनवरी २३ मा […]
शिक्षकलाई कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर तालिम
पाल्पा, २१ माघ । पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ । तालीममा हुँगी, फोक्सिङकोट तथा पिपलडाँडाका २६ शिक्षक तथा प्रधानाध्यापक सहभागी छन् । गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठक र स्रोतव्यक्ति विश्वराज ज्ञवालीले सहजीकरण […]











