काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीको सार्वधिक खोजीको सूचीमा रहेका सिन्धुपाल्चोकका तामाङ टोखामा रहेको सूचनापछि उनलाई पक्राउ गर्न सोमबार(आज) विहान टोखा पुगेको प्रहरीमाथि उनले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर विष्णु तामाङ घाइते भएका छन् । उनी सातवटा चोरीका घटनामा संलग्न रहेको […]
मुख्य समाचार
कडा सुरक्षाबीच विद्यालय भवनको शिलान्यास
रौतहट, ६ जेठ । रौतहटमा एक स्कूल भवन कडा सुरक्षाबीच शिलान्यास भएको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमले आफ्नै गाउँको स्कूल भवन शिलान्यास गर्दा ब्यापक प्रहरी परिचालन गर्नु परेको हो । आइतवार प्रहरीको घेरामा उनले आफ्नै गाउँमा रहेको जनता माध्यमिक विद्यालयको भवन शिलान्यास गरेका हुन् । स्थानीय […]
घाँस काट्न गएकी युवतीमाथि बलात्कार गर्ने प्रहरीमाथि छानविन
नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै स्थानीयले प्रदर्शन गरेका छन् । एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन […]
अमेरिकाले पेलेपछि गुगलले हुवाई फोनमा अब एन्ड्रोइड नचल्ने बनाउने
काठमाडाैं । गुगलले चिनियाँ टेलिकम जाइन्छ हुवाईसँगको सम्बन्ध तोडेको छ । अब हुवाई फोनको एन्ड्रोइड अपरेटिङ्ग सिस्टम अपडेट नहुने भएका छन् । हुवाईका नयाँ फोनहरुले गुगलका चर्चित एप्लिकेशनमा पहुँच पाउने छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवाईसँग अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने निर्णय गरेको केही दिनमै गुगलले हुवाईसँगको सहकार्य तोडेको हो । हुवाईले गुगलले गरेको […]
२३७६ किलोमिटर फाइबर बिच्छ्याउने काम सुरु
काठमाडौ । अप्टिकल फाइबर बिच्छ्याउने अभियानको औपचारिक सुरुवात सोमबार हुँदैछ । सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश १, २ र ३ अन्तर्गत विभिन्न तीनठाउँबाट एकैपटक फाइबर बिच्छ्याउन लागेको हो । डिजीटल नेपाल बनाउने अभियान अन्तर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ बजे यसको […]
ला लिगामा सर्वाधिक गोल गरेर मेसीले पाए छैटौं पटक पीचीची अर्वाड
काठमाडौं, ६ जेठ । लियाेनल मेसीले स्पेनिस ला लिगामा सबैभन्दा बढी गाेल गरेर पीचीची अवार्ड जितेका छन् । अाफ्नाे क्लब बार्सिलाेनालाइ लिग च्याम्पियन समेत बनाएका बार्साका कप्तान मेसीले याे सिजन ला लिगामा ३६ गाेल गरेर सबैभन्दा उच्च गाेलकर्ता बनेका हुन् । मेसीले आइतबार राति पनि २ गाेल गरे । ला लिगाकाे अन्तिम खेलमा बार्सिलाेना र […]
एकात्मक राज्य नै ठीक भन्नेहरु सल्बलाउन थालेको प्रचण्ड ठहर, मन जित्ने काम गर्न आग्रह
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको मन जित्ने काम गर्न स्थानीय सरकारसंग आग्रह गरेका छन । ललितपुर महानगरपालिका वडा नं २६ को नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै उनले स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्नेमा जोड दिएका हुन् । सिंहदरबारको अधिकार जनताकै घरदैलोमा पुर्याउने योजना अन्तर्गत तीन तहको […]
बैतडीमा जीप दुर्घटनामा हुँदा तीनको मृत्यु, तीन घाइते
कैलाली, ५ जेठ । बैतडीको नानीगाडमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–११ मा आइतबार दिउँसो भएकाे जीप दुर्घटनामा परी तीन जना घाइते भएका छन् । बैतडीकै देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा दशरथचन्द नगरपालिका […]
नयाँ बसपार्कमा निजी कम्पनीको यस्तोसम्म ब्रह्मलुट, यात्रुप्रतिक्षालयदेखि मल नै बेचियो
काठमाडौं । नेपालकै व्यवस्थित बस स्टेशन बनाउने भनेर थालिएको बालाजुको नयाँ बसपार्क अहिले दिनदहाडै लुटपाट गर्ने स्थल बनेको छ । यहाँ देशभर जाने यात्रुहरु जाने आउने गर्छन । समृद्ध नेपाल बनाउने घोषणा गरेको सरकारले देशको एक मात्र बसपार्कलाई पनि व्यवस्थित गर्न सकेको छैन । बसपार्कलाई व्यवस्थित नगरेको मात्र होइन, यहाँ भइरहेको ‘लुटपाट’लाई रोक्न पनि कुनै […]
सरकारले मुआब्जा विवाद समाधान नगरेपछि बागमतीबाट एडीबी हट्दै
काठमाडौं, ५ जेठ । मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ । परियोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) परियोजनाबाट हट्ने भएसँगै ब्युटिफिकेसन योजना अलपत्र पर्ने भएको हो । नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड […]











