भोलि सार्वजनिक विदा

काठमाडौं, २६ साउन । इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीको चाड इद–उल–अजहा ९बकर इद०को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन्, […]

बलात्कार अभियोगमा पक्राउ

मध्यपुरथिमि, २६ साउन । नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेलाई आज पक्राउ गरेको हो । छिमेकी नातिनी उमेरकी बालिकालाई पटक पटक दुव्र्यवहार गरेको र पछि बलात्कार […]

रुकुमपूर्वमा स्याउखेती फस्टाउँदै

रुकुमपूर्व, २६ साउन । केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५० बिरुवा छन् । ढल्किँदो उमेरमा पनि उहाँलाई स्याउखेतीले उत्तिकै व्यस्त बनाएको छ । ‘पहिले स्याउ लगाएर मात्र के गर्नु, बिक्री गर्ने ठाउँ हुन्थेन,’ उनले भने “अहिले त ग्राहक घरमै आउँछन् […]

भ्रमण वर्ष लक्षित निगमको धमाधम परीक्षण उडान

काठमाडौँ, २६ साउन । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स ले आन्तरिक उडानलाई थप विस्तार गर्न धमाधम परीक्षण उडान शुरु गरेको छ ।भ्रमण वर्षलाई लक्षित गर्दै निगमले आन्तरिकतर्फ योजनाबद्ध तयारी एवम् व्यवस्थापनका साथ भएका जहाजलाई पूर्णक्षमतामा उडाउने गरी विभिन्न गन्तव्यमा परीक्षण उडान गरिरहेको हो । भ्रमण […]

तटबन्ध निर्माण नहुँदा विराटनगर जोखिममा

विराटनगर, २६ साउन । नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिङ्घीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएको छ । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भएका हुन् । वर्षेनी खेतीयोग्य जमीन कटान गर्ने र […]

भाडासम्बन्धी स्थानीय तहको निर्णय रद्द गर्न निर्देशन

काठमाडौँ, २६ साउन । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देश गरेको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा गरिरहेको कामका सम्बन्धमा गठित उपसमितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमाथि उद्योग मन्त्रालय र लगानी बोर्डका पदाधिकारीको धारणा लिएपछि समितिको आजको बैठकले […]

इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन

काठमाडौँ, २६ साउन । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा वर्षामा आउनसक्ने पानीको बहावको आँकलन गरी कल्भर्ट र ‘क्रस डे«नेज’को आवश्यक व्यवस्थाका साथ सडक निर्माणलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा […]

अवैध मेडिकलको मनोमानी उपचारले स्वास्थ्यमा समस्या

जाजरकोट, २६ साउन । जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान भएपनि यहाँका धेरैजसो मेडिकल पसल नियमविपरीत अवैधरुपमा सञ्चालन भइरहेका छन् ।स्वास्थ्यसम्बन्धी सामान्य तालीम लिएकाले पनि मेडिकल सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायले यसतर्फ कुनै चासो नदिँदा गाउँ–गाउँमा […]

औद्योगिक ‘हब’ बन्दै मेचीनगर

भद्रपुर, २६ साउन । व्यापारिक नाकाको रूपमा परिचित झापाको मेचीनगर केही वर्षयता औद्योगिक नगरको रूपमा विकसित हुन थालेको छ । यातायात र बैंकिङ सुविधा, कच्चा पदार्थको आयातको सहजता र सुरक्षित लगानीको वातावरणले मेचीनगरको ज्यामिरगढी र दुहागढी क्षेत्रमा करोडौं लगानीका नयाँ उद्योगहरू स्थापना भएका छन् । उद्योगहरू स्थापना भएसँगै स्थानीयले रोजगारी पाउने क्रम र व्यापारिक चहलपहल […]

विपन्न र दलित महिलालाई खाद्य सामग्री वितरण

डोटी, २६ साउन । जिल्लाको शिखर नगरपालिका–१ ले आफ्नो वडाभरि भएका विपन्न तथा दलित महिलालाई खाद्य सामग्री वितरण गरेको छ । आज एक कार्यक्रम आयोजना गरी वडामा आर्थिक अवस्थाले कमजोर परिवारका १८ महिलालाई ५० केजी चामल, नुन, तेल, मसलालगायतका खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए। उहाँले भन्नुभयो, “लक्षित वर्गका महिलाका लागि वडा कार्यालयले […]