बनियानी, १८ भदौ । बिर्तामोड नगरपालिका–३ की ७ वर्षीया बालिका सहाना न्यौपाने टाढाको अक्षर राम्रोसँग ठम्याउन सक्दिनन् । कक्षा–२ मा अध्ययनरत सहानालाई शिक्षकले कालोपाटीमा लेखेको अक्षर चिन्न मुश्किल पर्छ । कारण हो, न्यून दृष्टिको समस्या । उनलाई कलिलै उमेरमा मोबाइलमा ‘गेम’ खेल्ने लत बस्यो । परिणामतः उनको आँखाको ज्योति कम भयो । उनले अहिले माइनस […]
मुख्य समाचार
धर्म र संस्कृति नै नेपालको पहिचान हो: धर्म गुरु
काठमाडौँ, १८ भदौ । हिन्दूधर्मका गुरुहरुले सबै धर्मको सार समानता र भातृभाव रहेको बताए । उनिहरुले सनातनदेखि चल्दै आएको हिन्दूधर्म तथा परम्पराको संरक्षणका लागि सरकार तथा जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिए । विश्व हिन्दू युवा सङ्घ अन्तर्राष्ट्रिय समितिले आज आयोजना गरेको गौहत्या एवं बागमती गङ्गा आरतीमाथिको हस्तक्षेपका विरुद्धको पत्रकार सम्मेलनमा उनिहरुले धर्म तथा संस्कृतिले नै […]
गाउँपालिकाको कार्यालयमा आगजनी
लहान, १८ भदौ । सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई […]
कर्णालीमा अक्सिजन प्लान्ट स्थापना
सिञ्जा, १८ भदौ । यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट स्थापना गरेपछि अक्सिजन प्रयोग गरी उपचार गर्नुपर्ने बिरामीका लागि ठुलो सुविधा भएको छ । सो अक्सिजन प्लान्टको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज उद्घाटन गरे । अक्सिजन प्लान्टले हरेक दिन ७० वटा सिलिण्डरसम्म उत्पादन गर्नेछ भने विद्युत् आपूर्तिको समस्याले गर्दा तत्काल […]
सुन्दर बन्दैछ ‘नयाँ बसपार्क’
काठमाडौँ, १८ भदौ । ‘नयाँ बसपार्क’ भन्ने बित्तिकै धेरैले अस्तव्यस्त, फोहर र टहरैटहराले भरिएको प्रदूषित स्थल भन्ने ठान्छन् तर, अहिले यसको स्वरुप फेरिएको छ । मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । विगतमा सरसफाइमा ध्यानै नपुगेको बसपार्क आजभोलि सफा र सुन्दर देखिन थालेको छ । काठमाडौँ […]
स्याङ्जाको गल्याङमा जीप दुर्घटनामा दुईको मृत्यु २१ घाइते
वालिङ, १८ भदौ । स्याङ्जाको गल्याङमा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । ल्याङ प्रहरी चौकीका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी नजिकैबाट झण्डै ४०० मिटर तल खस्दा जीपमा सवारमध्येकी एक महिला र एक बालकको मृत्यु भएको हो । […]
रेल सञ्चालनको डिपीआर तयार, एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ
नेपालगञ्ज, १८ भदौ । बाँकेको कोहलपुरसम्म रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना रिर्पोट (डिपीआर) तयार भइसकेको छ । सिमापारी भारतको रुपैडियाबाट कोहलपुरसम्म झण्डै साढे १८ किलोमिटर लामो दूरीको रेलमार्ग निर्माणका लागि भारतीय पक्षवाट डिपीआर तयार गरिएको हो । रेल सञ्चालनका लागि नेपालगञ्जको पश्चिम जयसपुर, इन्द्रपुर, गुरुवागाउँ, हवलदारपुर, रझेनाहुँदै कोहलपुरसम्म रेलको लिक विछ्याइने योजना रहेको रेल विभागका […]
सीमावारि निगरानी, पारि बालविवाह
बाँके, १८ भदौ । बाँके, १८ भदौ । “हाम्रो सामान्य परिवार हो । बुबा काम खोज्न शहर जानुहुन्छ, आमा घरकै काममा खटिनुहुन्छ । म २० वर्षकी भएँ । कक्षा ११ मा पढ्छु । चार वर्षअघि मेरो बिहे हुने निश्चित थियो, घरायसी कारणले रोकियो । मेरो लागि राम्रो भयो । अहिले त बालविवाह रोक्न आफैं बाल […]
उन्नत जातको गाईपालनले गाउँकै विकास
अमरगढी, १८ भदौ । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिका बासिन्दाले व्यवासायिक रुपमा उन्नत जातका गाईपानलबाट गाउँकै विकास गरेका छन् । नेपाल सरकारले शुरु गरेको कवुलियती वन तथा पशु विकास अवधारणा अनुसार स्थानीयवासी उन्नत जातको गाईपालनमा जुटेका हुन् । जिल्लाका अधिकांश क्षेत्रमा स्थानीयवासीको जिम्मामा रहेका वनलाई कवुलियती वनमा परिणत गरी ४० वर्षसम्म समूहलाई […]
अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण
काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नष्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराए। प्रतिनिधिसभाको शून्य समयमा उनले गत वैशाख २७ गते महाभारत क्षेत्रमा सो किराले खाद्य बाली नष्ट गर्दा किसान मर्कामा परेको हुँदा उक्त किराका बारेमा […]











