लोकसेवाको विज्ञापन खारेज गराइ छाड्ने सडकमा यस्तो उदघोष

काठमाडाैं । लोकसेवा आयोगले निकालेको विज्ञापनप्रति असन्तृष्ट जनाउँदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलनबाटै विज्ञापनको खारेजी गर्ने बताएका छन् । सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवालाई सहित आन्दोलनमा उपस्थिति गराउने र आन्दोलनबाट विज्ञापनको खारेजी गराउने जिकिर गरेका हुन् । शनिबार दलित विकास समितिको सभाहलमा आन्दोलनका अगुवासहित दलित विद्यार्थीहरुले आन्दोलनको मागचित्र बनाउनुको साथै आजै ४ […]

यसरी सुरु गरियाे उज्यालो भक्तपुर अभियानको शुभारम्भ

भक्तपुर, २८ साउन । भक्तपुरलाई दीपावलीझैँ सधैँ उज्यालो बनाउने उद्घोष गर्दै आएका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन । सोमबार राति ८ बजे सूर्यविनायक नगरपालिका वडा नं ७ को गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० सौर्यबत्ती एकैपटक बालेर उनले अभियानको शुभारम्भ गरेका हुन । सो अवसरमा […]

शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको उपत्यकास्तरिय संयुक्त जिल्ला परिषद्मा बोल्दै मन्त्री पोखरेलले अबको केही समयमै नयाँ शिक्षा नीति आउने खुलासा गरे । मन्त्रिपरिषदको सामाजिक विषय समितिमा ३९ दिन छलफल भई […]

भक्तपुरका बधशालामा झिँगा र कीरा

२७ साउन, भक्तपुर । भक्तपुर नगरपालिकाले आज नगरभित्र विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका बधशालाको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अधिकांश बधस्थल फोहर, अव्यवस्थित र उपभोक्ताको स्वास्थ्यमा जोखिम पर्ने अवस्थामा रहेका पाइएको हो । टोलीले महेश्वरीस्थित महेश्वरी सप्लायर्स र जय महेश्वरीमा बधस्थलको अनुगमन गर्दा दुवैले दर्ता नवीकरण नगरेका, […]

हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमै प्रदर्शन, उडान र अवतरण ठप्प

२७ साउन, हङकङ । प्रदर्शनका कारण हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरुको उडान र अवतरण ठप्प भएको छ । दशौं हजार प्रदर्शनकारीहरु आगमन कक्षमा प्रवेश गरी प्रदर्शन गर्न थालेपछि हङकङ विमानस्थलको सम्पूर्ण उडान र अवतरण रोकिएको अधिकारीले जनाएका छन् । विमानस्थलले विज्ञप्ति जारी गर्दै सोमबारका लागि सम्पूर्ण उडान तथा अवतरण बन्द गरिएको जनाएको हो । मानिसहरुको प्रदर्शनका […]

पहिलो पटक एमपिपिएम कोर्ष शुरु गर्दै काठमाडौं विश्वविद्यालय

  साउन २७, काठमाडौं । काठमाडौं यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम)ले सरकारी तथा नीजि क्षेत्रमा सार्वजनिक नीति र यसको व्यवस्थापनमा जोड दिन पहिलो पटक स्नातकोत्तर तहमा सार्वजनिक नीति र व्यवस्थापन (पब्लीक पोलीसी एण्ड म्यानेजमेन्ट) कोर्षको अध्यापन शुरु गर्दैछ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको नेपालमा सार्वजनिक नीति र व्यवस्थापन शिक्षाको आवश्यकता र […]

पत्रकार पराजुली र संग्रौलालाई एजुकेशन जर्नालिष्ट अवार्ड

काठमाडौ । पन्ध्रौ वाइ वाइ नेशनल अवार्ड अन्तर्गतको एजुकेशन जर्नालिष्ट अवार्डबाट नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौला पुरस्कृत भएका छन् । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सोमबार भएको एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष्न पुष्पकमल दाहाल प्रचण्डले अवार्ड विजेताहरुलाई पुरस्कृत गरेका हुन । कार्यक्रममा १३ विधामा १६ जनालाई पुरस्कृत गरिएको […]

कुलत बन्दै इन्टरनेट, युवाहरूमा नै देखिन थाल्यो मेरुदण्ड खिइने र अन्य जटिल रोग

केही समयअघि गर्धन दुख्ने समस्या लिएर आएका २५ वर्षीय युवकलाई मेरुदण्डको हाड खिइने जटिल रोग भएको अनुमान हाडजोर्नीसम्बन्धी चिकित्सक राजेश महर्जनले गरेकै थिएनन् ।  प्राय: ५५ वर्षमाथिका पुरुषमा देखापर्ने रोग ती युवकमा देखेर डा. महर्जन अचम्ममा परे ।  एक्सरे रिपोर्ट हेर्दा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने ती युवकको सामान्य अवस्थामा फर्कनै नसक्ने गरी हाड खिइसकेको […]

छ दशक इतिहास बोकेको चौकीको सेवा पुनः आफ्नै भवनबाट

बेझाड, २७ साउन । द्वन्द्वकालमा ध्वस्त बनेको प्रहरीचौकी केलादीले अहिले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिन थालेको छ । विसं २०१२ मा पाल्पाको बल्डेङगढीबाट ल्याइएको प्रहरीचौकीले साविक दर्छा गाविसको केलादीबाट सेवा दिएको थियो । विसं २०१५ को साउनमा थानाका रूपमा स्थापना भएको उक्त चौकीले आफ्नो सेवा प्रारम्भ गरेको थियो ।विसं २०५१ मा साविक रामपुर गाविसका […]

दुनियाकै एकमात्र ब्यक्ति जसले १०० पुर्णाङ्कमा ११० अंक ल्याए

एजेन्सी । भारतका चर्चित वैज्ञानिक तथा गणितज्ञ सत्येन्द्र नाथ बोस यो दुनियाका एकमात्र यस्ता व्यक्ति हुन् जसले परीक्षामा पूर्णांक भन्दा बढि अंक प्राप्त गरेका थिए । बच्चादेखि नै विलक्षण प्रतिभाका धनी बोसको जन्म कलकत्तामा भएको थियो । प्रारम्भिक शिक्षा घर नजिकैको स्कुलमा लिएपछि उनलाई हिन्दु स्कुलमा भर्ना गरियो । हिन्दु स्कुलमा प्रसिद्ध अध्यापक उपेन्द्र बक्सीले […]