एनआरएनएमा चुनावी गर्मी बढ्यो कुमार पन्त र कूल आचार्य अध्यक्षमा भिड्दै

काठमाडौं । गैर आवासीय नेपाली आन्दोलनको भावी कार्यदिशा तय गर्न र नयाँ नेतृत्व चयन गर्न गैर आवासीय नेपाली काठमाडौंमा भेला हुँदैछन्। गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म चल्नेछ। अधिवेशन नजिकिदैं जाँदा नेतृत्वका लागि उम्मेद्वारको दौड शुरु भएको छ। एनआरएनएको राष्ट्रिय समन्वय परिषद्मा धमाधम निर्वाचन सम्पन्न भएर […]

देशवासीका नाममा सम्वोधन गर्दै प्रम ओलीले भने, ‘निदाएको बेला होइन, ब्युँझिएको बेला सपना देखौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली फेर्ने अभियानको नेतृत्व गरेको र त्यसलाई जसरी पनि पूरा गरी छाड्ने बताए । ‘भन्नकै लागि त भन्न सकिन्छ नि–खै […]

बेइजिङमा संविधान दिवस

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा चीनको राजधानी बेइजिङमा बिहीबार स्वागत समारोहको आयोजना गरियो । त्यस अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुई, उक्त मन्त्रालयका वरिष्ठ अधिकारी विद्वत् वर्ग, नेपालका मित्र र कामको सिलसिलामा चीनमा बसोवास गर्दै आएका नेपालीहरुको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । अतिथिहरुको स्वागत गर्दै चीनका लागि नेपाली राजदूत […]

मिथिलाञ्चलमा जितिया पर्व

जलेश्वर, ३ असोज । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाई चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन् । शनिबार बिहान ४ बजेदेखि […]

इलामकाे पर्यटन विकास गर्न यस्ताे याेजना

इलाम, ३ असोज । इलामको पर्यटकीय विकासलाई लक्ष्य गरी आयोजित पर्यटन व्यवसायी तथा सरोकारवालाबीचको छलफल एवम् अन्तक्र्रियामा पर्यटन, प्रवद्र्धन र पर्यटकीय साझेदारीमा जोड दिइएको छ । इलाम नगरपालिका कार्यालय र नगर पर्यटन प्रवद्र्धन समितिद्वारा बिहीबार साँझ संयुक्त रुपमा आयोजित कार्यक्रमका वक्ताले यहाँका प्राकृतिक एवम् सांस्कृतिक स्थललाई पर्यटन बजारमा पु¥याउँदै पोखरा, चितवनलगायत स्थलसँग पर्यटकीय साझेदारी हुनुपर्ने बताए […]

मध्यराति नगरपालिका कार्यालयमा बम विस्फोट

अछाम, ३ असोज । नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए। तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । […]

दशैँमा मालवाहक गाडी राति मात्र चलाउने सहमति

धादिङ, ३ असोज । दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबँेसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो । सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख […]

यस्ता छन् मन्त्रिपरिषदले गरेका पछिल्ला २६ निर्णयहरु

काठमाडौँ, २ असोज । मन्त्रिपरिषदको पछिल्लो समय बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषदले गरेका २६ निर्णय सार्वजनिक गरेका छन् । मन्त्रालयमा नियमित पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री बास्कोटाले ती निर्णयहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका पछिल्लो निर्णयहरु: १. दक्षिण एसियाली […]

सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट

काठमाडौँ, २ असोज । सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो […]

‘गोरखापत्र राष्ट्रकै मुखपत्र’

विराटनगर, २ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको सम्बन्ध अनन्त रहेको बताए । ‘गोरखापत्र’ पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन गर्दै उनले लोकतन्त्र भएको देशमा मात्रै प्रेस बाँच्न सक्ने बताए ।  ‘गोरखापत्र’ सरकारको मुखपत्र नभएर राष्ट्र र जनताको मुखपत्र भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले जनताले स्थापित गरेको लोकतन्त्र ‘गोरखापत्र’ले […]