‘खुला सिमानाका कारण शान्ति सुरक्षामा चुनौती’

धनुषा, ११ असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताएका छन् । शुक्रबारदेखि जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज दोस्रो दिन सम्बोधन गर्दै उनले प्रदेशका सबै जिल्ला भारतसँग जोडिएर रहेका र सीमाक्षेत्र खुल्ला हुँदा शान्तिसुरक्षा कायम गर्न चुनौती रहेको बताए । उनले भने, […]

एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा नतिजामा लापरबाहीः २५० जनाको नतिजा परिवर्तन

काठमाडौँ, ११ असोज । काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा परिवर्तन देखिएको छ । विश्वविद्यालयका स्कुल अफ मेडिकल साइसेन्सका डीन प्रा रोजेन्द्र […]

लाग्यो दशैँ : च्याङ्ग्रा पोखरा भित्रदै

पोखरा, ११ असोज । नेपालीका घरघरमा दशैँ भित्रनै लाग्दा हिमालपारिको जिल्ला मुस्ताङसहितका विभिन्न स्थानबाट यतिखेर पोखरामा च्याङ्ग्रा झर्ने क्रम शुरु भएको छ । व्यापारी यतिखेर हुलका हुल च्याङ्ग्राका साथ हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् भने कतिपय बाटामा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरा ल्याइपु¥याउँछन् । पोखरा र आसपासमा दशैँको समयमा खसी […]

समृद्धिको लक्ष्य पछ्याउँदै ताराखोला

बागलुङ, ११ असोज । ‘समृद्ध ताराखोला’को लक्ष्यसहित जिल्लाको ताराखोला गाउँपालिकाले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ । गाउँपालिकाले विज्ञ, परामर्शदातालगायतको सहयोगमा आवधिक योजनालाई अन्तिम रुप दिएको हो । पाँच वर्षका लागि योजनाबद्ध विकासको खाका कोरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । योजनाको मस्यौदा छलफल तथा सुझाव सङ्कलनका लागि शुरुमा वडा तहमा पठाइएको थियो । गाउँ […]

कक्षा १२ पूरक परीक्षाको परीक्षाफल प्रकाशित

भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक)परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । शुक्रवार परीक्षाफल प्रकाशन गरिएको हो । भदौ २२ र २३ मा संचालित उक्त परीक्षामा ९६ हजार २ सय ३४ परीक्षार्थी सामेल भएका थिए । बोर्डले प्रकाशित परीक्षाफलमा चित्त नबुझे असोज मसान्त भित्र पुनर्योगका लागि निवेदन दिन सक्ने बताएको छ […]

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

काठमाडौँ, १० असोज । विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ । पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पु¥याउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास होमस्टे सम्मानित भएका हुन् । सबैभन्दा बढी पर्यटक भित्र्याउने वायु सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ […]

प्रदेश नं ५ मा ४८ विधेयक पारित

खस्यौली, १० असोज । प्रदेश नं ५ को प्रदेशसभाले करीब २० महीनाको अवधिमा ४८ विधेयक पारित गरेको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा विसं २०७४ माघ २१ देखि प्रदेशसभा शुरु भएको थियो । पारित भएका विधेयकमध्ये १० विधेयक प्रदेशसभाको चौथो वर्षे अधिवेशनले पारित गरेको प्रदेश नं ५ को प्रदेश सचिवलायका सूचना अधिकारी […]

सीमा नाकामा भारतीय पर्यटकको स्वागत

कैलाली, १० असोज । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमानाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र […]

‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’

काठमाडौँ, १० असार । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताए । सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा उनले चाडपर्वले मुलुकको विविधता र एकताको सन्देश दिँदै सबैलाई न्यायपूर्ण समाज निर्माण गर्न शुभकामना दिए । उनले भने “नेपाल बहुजाति, बहुधार्मिक मुलुक हो, यसको विकास, […]

शिक्षक लाइसेन्सको परीक्षामा प्रश्नपत्रमा नै उत्तर भेटिएपछि

गुल्मी, १० असोज । प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा […]