विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

काठमाडौँ, १० असोज । विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ । पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पु¥याउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास होमस्टे सम्मानित भएका हुन् ।

सबैभन्दा बढी पर्यटक भित्र्याउने वायु सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ । उक्त कम्पनीले तीन लाख ९९ हजार ३३६ पर्यटक नेपाल भित्र्याएको थियो । त्यस्तै बढी विदेशी मुद्रा आर्जन गर्ने ट्राभल एजेन्सीमा फ्लाइट कनेक्सन डमेस्टिक प्रालिले पुरस्कार हात पारेको छ । कम्पनीले एक वर्षमा ९४ लाख ५३ हजार २८३ अमेरिकी डलर आम्दानी गरेको छ ।

पर्यटन गन्तव्यको विकासमा योगदान गर्ने कालिञ्चोक दर्शन प्रालि ९केबलकार०, होटल सोल्टी क्राउनप्लाजा, अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिने संस्था द बेकरी क्याफे प्रालि तथा सामाजिक उत्तरदायित्व निर्वाह फिस्टेल लज पोखरालाई पनि सम्मान गरिएको छ ।

धेरै राजश्व बुझाउने बुद्ध एयर पनि सम्मानित भएको छ । बुद्ध एयरले आर्थिक वर्ष २०७५/७६ मा रु ५८ करोड ६७ लाख ५६ हजार ९४४ राजश्व बुझाएको थियो । सामुदायिक घरबास नाम्जेथुम्की धनकुटा तथा पर्वतारोहण क्षेत्रमा सबैभन्दा धेरै पर्वतारोहण दल ल्याएर धेरै रोयल्टी जम्मा गर्ने सेभेन समिट ट्रेक्स प्रालि सम्मानित भएको छ । कम्पनीले नौ लाख ३० हजार १९० अमेरिकी डलर रोयल्टी जम्मा गरेको थियो ।

ती सबै पुरस्कार दिवसका अवसरमा आज नागपोखरीस्थित गणतन्त्र पार्कमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले वितरण गरे । सो अवसरमा पर्यटनराज्यमन्त्री बुढाले राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण हिस्साका रुपमा विकसित हुँदै गइरहेको पर्यटन क्षेत्रले मुलुकमा विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जना गर्न उल्लेखनीय योगदान पु¥याएको बताए ।

उनले प्राकृतिक, साहसिक, सांस्कृतिक एवं धार्मिक सम्पदा तथा गतिविधिले भरिपूर्ण नेपाल विश्वमै एक आकर्षक गन्तव्यका रूपमा परिचित रहेको सन्दर्भमा यसलाई सङ्ख्यात्मक एवं गुणात्मक रुपमा वृद्धि गर्दै पन्ध्राँै पञ्चवर्षीय योजना अनुरुपको पर्यटन क्षेत्रको योगदान कूल गाहस्थ उत्पादनमा १० प्रतिशत पु¥याउने तथा यस क्षेत्रमा झण्डै पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यप्राप्तिको दिशामा अघि बढेको उल्लेख गरे । उनले २० लाख पर्यटक भित्र्याउने योजनाका साथ राष्टिय अभियानका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई भव्यताका साथ देश तथा विदेशमा मनाउन सम्बद्ध सरोकारवावालालाई आग्रह गरे ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राष्ट्रिय अर्थतन्त्रलाई सवल र आत्मनिर्भर बनाउन पर्यटन क्षेत्रलाई एउटा महत्वपूर्ण आर्थिक क्षेत्रका रुपमा लिइएको उल्लेख गर्दै पर्यटनको दिगो, गुणात्मक एवम रणनीतिक विकासका लागि प्रस्थान विन्दुका रुपमा नेपाल भ्रमण वर्ष अभियान सञ्चालनको पूवसन्ध्यामा दिवसले विशिष्ट महत्व बोकेको बताए ।

तीन नमूना गाउँ घोषणा

विश्व पर्यटन दिवसका अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि गाउँ पर्यटन प्रवद्र्धन मञ्चले सन् २०१९÷०२० को नयाँ गन्तव्य गाउँका रुपमा तीन गाउँ घोषणा गरेको छ । मञ्चले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ, धादिङको रुबीभ्याली गाउँपालिका–४ चालिसागाउँ र बाग्लुङको काठेखोला गाउँपालिका–४ फापरखेत गाउँलाई नमूना गन्तव्य घोषणा गरिएको मञ्चले जनाएको छ । मञ्चले प्रत्येक वर्ष नयाँ गन्तव्य गाउँ घोषण गरी घरवास प्रवद्र्धन गर्दै आएको छ ।

मञ्चले गत वर्ष मुगुको मुर्मा, रामेछापको चोरम्भा र लमजुङको राईनासकोट गाउँलाई गन्तव्य गाउँ घोषणा गरेको थियो । ‘पर्यटन र रोजगारः सबैका लागि सुरन्दर भविष्य’ भन्ने मूल नाराका साथ आज ४०आँै विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

Loading...