भक्तपुर, २८ कात्तिक । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिएका छन । अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरद्वारा संयुक्तरुपमा भक्तपुर क्षेत्र नं १ (क) का नेकपाकोतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकालको चुनावी प्रचार अभियानअन्तर्गत बुधबार कमलविनायकमा आयोजित युवा तथा विद्यार्थी भेलामा […]
मुख्य समाचार
सुन्दरपुरमा महिलाको धारिलो हतियार प्रहार गरी बिभत्स हत्या
सर्लाही, २८ कार्तिक । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हत्या गरी झोलामा हालेर फाल्न […]
पूर्वी नाकाबाट नेपाल आउने बङ्गलादेशी पर्यटक घटे
भद्रपुर, २८ कात्तिक । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू […]
लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै ग्रेटर नेपालका अभियन्ताले दिए सर्वोच्चमा रिट
काठमाडौं, २७ कार्तिक । नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई बुधबार पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजित केसीले संयुक्त रुपमा रिट निवेदन दिएका हुन्। वर्तमान प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा […]
मृगौला बेच्ने निदान अस्पतालका सिईओसहित पाँच जना कारागार चलान
काठमाडौ, २७ कार्तिक । नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सहित पाँच जनालाई कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । अस्पतालका सिईओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र […]
अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै रिट निवेदन
काठमाडौँ, २७ कात्तिक । सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज दायर गरेको रिट निवेदनमा भारतबाट अतिक्रमित नेपालका जग्गा तथा सिमाना निर्धारणका लागि […]
श्रमजीवी पत्रकारको हकहितका लागि महासङ्घले सङ्घर्ष गर्ने
काठमाडौँ, २७ कात्तिक । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि बृहत् सञ्चार आन्दोलन गर्ने भएको छ । महासङ्घले सबै सञ्चारगृहमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमित न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि निर्णायक आन्दोलन गरिने जनाएको हो । सो कार्यका लागि महासङ्घका केन्द्र, प्रदेश र सबै […]
राजनीतिको गर्भमा उम्लिरहेको लाभा
चार दिने जर्नेल सम्मेलनमा के के भयो ? प्रधानसेनापतिले सार्वजनिक गरे सम्पत्ति विवरण यस्तो छ सेनापतिको २५ पृष्ठ लामो सम्बोधन अरुले गरेको पापको भारी मैले किन बोक्ने ? सेनापतिको एक वर्ष सुधारका खाका कति कार्यान्वयन भए ? भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन जंगीअड्डाको निर्देशन जंगीअड्डातिर ढल्किएको ’चिनियाँ चस्मा’ माथिका शिर्षकहरु यो बहसको सन्दर्भमा उचित लागेर […]
विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान
भद्रपुर, २७ कात्तिक । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । […]
वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने
नवलपुर, २७ कार्तिक । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । सडकमुनिबाट वन्यजन्तु […]











