विपन्न परिवारका साथमा सहयोगी हात

कपिलवस्तु । दैनिक मजदूरी गरी छाक टार्दै आएका १२ विपन्न परिवारलाई सहयोगी हातहरुद्वारा राहत सामग्री वितरण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएका कोभिड–१९ (कोरोना भाइरस) का कारण गरिएको ‘लकडाउन’ मा छाक टार्न धौ धौ अति विपन्न, गरीब १२ परिवारलाई राहत वितरण गरिएको हो । कपिलवस्तु शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायीहरुले संयुक्त रुपमा शिवराज ५ […]

लकडाउन चैत २५ सम्म लम्बियो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को  बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।  यो […]

दाहसंस्कारमा पनि बार्गेनिङ, गुहारको दौडधुपले पीडामाथि थप्यो पीडा, छैन मानवता

काठमाडौँ । कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विना भेदभाव ‘नजरबन्द’मा राखेको छ । तर, पशुपति आर्यघाटमा भने अन्त्येष्टिमा पनि धनी र गरिब छुट्याइन्छ, अझ सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि छैन । सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि […]

एकाबिहानै राजधानीमा २ सय पक्राउ, लकडाउन उल्लंघन गर्नेहरुमाथि कडा बन्दै प्रहरी

काठमाडौ‌ । आइतबार बिहानै राजधानीका विभिन्न ठाउँबाट प्रहरीले दुई सय बढीलाई पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा १५५ जना पुरुष र ५५ महिला रहेको नेपाल प्रहरीले जनाएको छ । आइतबार बिहानै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । […]

चीन सरकारले दिएका स्वास्थ्य सामाग्री बोकेर नेपाल आइपुग्यो चिनियाँ विमान

काठमाडौं, १६ चैत । चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने जानकारी दिएकी छन् ।’ राजदूत यान्छीले नेपाल ल्याउन […]

कोरोनाले स्पेनकी राजकुमारीको निधन, राजकुमार पनि संक्रमित

काठमाडौं, १५ चैत । कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् । […]

बेल्जियमबाट नेपाल आएकी युवती पनि कोरोना संक्रमित

नेपालमा कोरोना भइरसको पाँचौ संक्रमण देखिएकाे छ । बेल्जियमबाट नेपाल आएकी युवती संक्रमित भएकी छन् । काठमाडौ बाट बागलुङस्थित घर पुगेकी उनमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । घरमै क्वारेन्टाइनमा बसेकी उनलाई कोरोनाको लक्षण देखिएपछि चेकजाँचका लागि स्वाव काठमाडौं ल्याइएको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदा उनमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको […]

कोरोनाको त्रासबीच विराटनगरमा बिभत्स हत्या, ९ दिनसम्म बन्धक बनाइ साथीलाइ कुटेर साथीले हत्या गरेको आरोप

विराटनगर । कोरोनाले विश्वलाइ त्राही त्राही बनाइरहँदा माेरङमा एक बिभत्स हत्या भएकाे छ । आर्थिक अवस्था निकै कमजाेर भएका र घरपरिवारमा पनि राम्राे सम्बन्ध नभएका एक युवककाे सँगै काम गर्ने छिमेकीले ९ दिनसम्म कुटीकुटी हत्या गरेकाे खुलेकाे छ । ९ दिनसम्म छिमेकीले कुटिकुटी आँखासमेत फुटाल्दा पनि ती युवक कतै भाग्न पनि नसकेकाे पाइएकाे छ । […]

विश्व मानव जीवनको भविष्य अनिश्चित दिशातिर गइरहेको डब्लुएचओको चेतावनी, अहिलेको क्षति सुरुवात मात्र

काठमाडौं, १५ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीका कारण विश्वको भविष्य अनिश्चित दिशातिर गइरहेको बताएको छ । कोरोना (कोभिड–१९) भाइरसको महामारीको अहिलेको क्षति शुरुवात मात्र भएको बताउँदै डब्ल्यूएचओले कोरोना महामारीको धनजनको क्षति यतिमै रोकिने अवस्था नरहेको पनि जनाएकाे छ ।    विश्वका धेरै देशमा यो महामारीको भर्खर सुरु मात्रै भएको बताउँदै डब्ल्यूएचओले बेलैमा […]

टेकु अस्पतालमा उपचाररत तीन कोरोनाका बिरामीको यस्तो छ अवस्था

काठमाडौं, १५ चैत । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको […]