काठमाडौँ उपत्यकामा यो वर्षकै धेरै वर्षा भएको छ । रातीदेखि परेको अविरल बर्षाका कारण नदि छेउ आसपास अधिकास स्थान डुवानमा परेका छन्। बागमती नदिमा पानीको सतह बढ्दा बल्खु स्थित तरकारी बजार डुबानमा परेको छ भने नदि छेउमा पार्किङ्ग गरेका ससाना गाडी समेत बगाएको छ। यसै गरि धोवी खोला आसपास पनि केहिस्थान जलमग्न भएको छ। भारी […]
मुख्य समाचार
सेयर बजारमा ठूलो पहिरो, एकैदिन एक सय भन्दा बढी अंक घट्यो नेप्से
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०० अंक भन्दा बढीले घटेको छ। यस दिन नेप्से परिसूचक ३.७० प्रतिशत अर्थात १०८.२६ अंक घटेर २८१८.७२ विन्दुमा बन्द भएको छ। आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको थियो। बजार खुलेको २ घण्टा नबित्दै नेप्से ५ प्रतिशत घटेपछि सर्किट ब्रेक लागि ४० मिनेटको लागि बजार बन्द भएको थियो। त्यसपछि खुलेको […]
यस्तो छ माधव नेकपाको अपानि, १० बुँदे सहमित जालझेलमात्रभएको दावी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आन्तरिक सर्कुलर गर्दै एमाले विभाजन गर्नुको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । पार्टीको पहिलो अन्तर पार्टी निर्देशनमा एमाले अध्यक्ष केपी शर्मा ओली नमिलेपछि आफूहरुले बाध्यता भएर जायज विद्रोह गरेको अध्यक्ष नेपालले बताएका छन् । ओलीले एमालेको नवौं महाधिवेशनले तय गरेका कार्यदेश उल्लंघन गरेको, कम्युनिष्ट […]
संसद अधिवेशन सरकार र सभामुखलाई फलामको चिउरा हुने संकेत
काठमाडौँ । यही भदौ २३ गते बुधबार संघीय संसदको अधिवेशन शुरू हुँदैछ । मुख्य विपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद चलाएर देखाउन’ सभामुख अग्निप्रसाद सापकोटालाई हाँक दिएका छन् । नेकपा एमालेले निष्काशन गरेका भनिएका १४ जना सांसद बर्खास्त भएको भन्ने सूचना नटाँसेकोमा ओलीले करिब तीन साताअघि नै त्यस्तो हाँक दिएका […]
मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास योजना प्रति नकारत्मक टिप्पणी नगर्न गृहको आग्रह
काठमाडौँ। गृह मन्त्रालयले मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास योजना प्रति कुनै किसिमको नकारत्मक टिका टिप्पणी नगर्न आग्रह गरेको छ। मन्त्रालयले आज जारि गरेको बिज्ञप्तिमा मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना ,त्यहाँ कार्यरत कर्मचारी,विदेशी नागरिक र तिनको सम्पत्तिलाइ लक्षित गरि प्रतक्ष वा परोक्ष रुपमा सञ्चार मध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने ,धम्कि पूर्ण अभिव्यक्ति दिने […]
एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा
काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ […]
एमसीसी लागु नगरे देश बन्दैन भन्ने बुद्धिजीवीहरुका नाममा
नेपालमा वैदेशिक सहयोग, अनुदान स्वीकार गर्नेबारे स्पष्ट ब्यबहारिक नीति देखिदैन । स्पष्ट नीतिको अभावमा दाताका स्वार्थको चपेटामा पर्नुपरिरहेको छ । दातापिच्छे फरक फरक सम्झौता, सहमति वा शर्तहरु स्वीकार गर्नु परिरहेको छ । प्राय सबैजसो सहयोग र अनुदानमा जे जस्ता शर्तहरू राखिन्छन, त्यसले नेपालको अस्मितामा सधै चोट पुग्ने गरेको छ। नेपालको नीति निर्माण प्रक्रियामा दाताहरु हावी […]
घरमा आगलागी हुँदा जलेर श्रीमान्-श्रीमती दुवैको मृत्यु
लमजुङ १५ भदौ । सेग्ले लमजुङ मर्स्याङ्दी गाउँपालिका–९ को घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ। आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गए राति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए। ‘आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ […]
इजरायल जानेको परीक्षा भदौ अन्तिम साता
काठमाडौं । ‘केयरगिभर’का लागि इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ। रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए। ‘परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुनेछ,’ उनले भने। केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश-पत्र तथा […]
२० वर्षपछि अमिलो मन पादैै अफगानिस्तानबाट पूर्ण रुपमा फर्कियो अमेरिकी सेना
काठमाडौँ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टिन विमान उडेको छ । योसँगै अफगानिस्तानमा अमेरिकाले जारी राखेको २० वर्षको सैन्य कारबाही औपचारिकरूपमा समाप्त भएको […]











