काठमाडौँ उपत्यकामा यो वर्षकै धेरै वर्षा , सडक लगाएत स्थान जलमग्न

काठमाडौँ उपत्यकामा यो वर्षकै धेरै वर्षा भएको छ । रातीदेखि परेको अविरल बर्षाका कारण नदि छेउ आसपास अधिकास स्थान डुवानमा परेका छन्। बागमती नदिमा पानीको सतह बढ्दा बल्खु स्थित तरकारी बजार डुबानमा परेको छ भने नदि छेउमा पार्किङ्ग गरेका ससाना गाडी समेत बगाएको छ। यसै गरि धोवी खोला आसपास पनि केहिस्थान जलमग्न भएको छ।

भारी वर्षापछि काठमाडौँ उपत्यकाका साना तथा ठूला नदीको तटीय क्षेत्रमा डुबान भएको छ । वाग्मती, विष्णुमती, धोवीखोला, हनुमन्ते खोलालगायतका क्षेत्र आसपासमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ । भारी वर्षापछि सवारीसाधन सञ्चालन गर्नै अप्ठ्यारो हुने गरी सडक जलमग्न भएका छन् । मंगलबार सम्म देशैभर ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । आज दिउँसो प्रदेश-२ बाहेकका सबै क्षेत्रमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौँमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको मौसम बिभागले जनाएको छ ।

Loading...