सकियो एमाले विधान महाधिवेशन, १०औँ महाधिवेशन बुटवलमा गर्ने

काठमाडौँ । १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा गर्ने निर्णयसहित नेकपा एमालेकाे विधान अधिवेशन सम्पन्न भएकाे छ । विधान अधिवेशन आगामी मङ्सिर दोस्रो साताका लागि तोकिएको छ । असोज १५ गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको एमाले महाधिवेशनले पार्टीलाई आशन्न निर्वाचनको तयारीका लागि गतिशील र सुदृढ बनाउने सङ्कल्प गरेको छ । अध्यक्ष मण्डलका तर्फबाट सदस्य […]

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली […]

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर

काठमाडौं, १६ असोज । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ । सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र […]

कांग्रेस काठमाडौंको नगर अधिवेशनमा आज देउवा-सिटौला भर्सेज प्रकाशमान-गगन भिडन्त

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंमा आज नगर अधिवेशन हुँदैछ। ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार अधिवेशन हुन लागेको हो। दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ। चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार […]

भारतका चर्चित वामपन्थी युवा नेता कन्हैया कुमार कांग्रेसमा प्रवेश

काठमाडौँ । भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन् । उनी मंगलबार कांग्रेसमा प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतको राजधानी दिल्लीस्थित कांग्रेस पार्टीको कार्यालयमा पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितिमा उनी कांग्रेस प्रवेश गरेका हुन् । कन्हैया कुमार भारतको जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) का छात्रा संघको अध्यक्ष निर्वाचित भएपछि […]

शेयर बजारमा उच्च अंकको गिरावट, २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट

काठमाडौँ। शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ । यसदिन बजार मापक परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट आएको छ । मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्‍यो । यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ […]

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी काठमाडौँमा

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन् । भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन् । भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन उनी नेपाल आएको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच […]

थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिन माग

काठमाडौँ । उदयपुरका थारू समुदायले थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन माग गरेका छन् । उनीहरुले यस वर्ष जितिया पर्व आफ्नो भाषा प्रवर्द्धनका लागि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएका हुन् । थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिले आइतबार पत्रकार सम्मेलन गरी थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दबाबमूलक कार्यक्रम गरी मनाइने निर्णय […]

केन्द्रीय समितिमा ओलीको दावीः संसद विघटन ठिक थियो, चुनावमा जाने कुरा कहिल्यै गलत हुँदैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटक गरेको प्रतिनिधिसभा विघटन ठिक रहेको भन्दै बचाउ गरेका छन् । ललितपुरस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा जारी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले संसद विघटनको बचाउ गरेका हुन् । ओलीले संसदले काम गर्न नसक्ने भएपछि विघटन गरेको भन्दै चुनावमा जाने कुरा कहिल्यै […]

एमाले केसको बैठकमा तीन प्रतिवेदन पारित, घनश्याम भुसालको फरकमत

काठामडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार सुरु भएको बैठक आइतबार तीनवटा प्रतिवेदन पारित गर्दै सकिएको हो । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा बैठकले सुझाबसहित पारित गरेको प्रचार विभाग प्रमुख योगश भट्टराईले […]