हुम्लाका युवाहरुको फूटसल प्रतियोगिता काठमाडौंमा सुरु

काठमाडौ, २६ असोज ।  ठेहे उदियमान यूवा क्लवको आयोजनामा प्रथम हुम्ला जिल्ला स्तरिय खुल्ला फूटसल प्रतियोगीता–२०७८ काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सो प्रतियोगिता श्रमजीवी पत्रकार संघ (श्रपसं)का महासचिव धनन्जय बुढा र नेपाल स्काउटका कर्णाली प्रदेश प्रमुख कमल बोहोराले मंगलबार ग्रीनल्याण्डमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघका महासचिव […]

पिङ थाप्ने क्रममा लड्दा मकवानपुरमा एक जनाको ज्यान गयो

काठमाण्डाै । मकवानपुरको भीमफेदी गाउँपालिकामा पिङ थाप्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका-६ माण्डुमा पिङको लठ्ठा बाँध्ने क्रममा लड्दा त्यहीँ ठाउँका ५३ वर्षका प्रेम लामाको ज्यान गएको हाे । हिजो बेलुका ६ बजे लडेका लामाको उपचारका क्रममा हेटौँडा अस्पतालमा गएराति १० बजे ज्यान गयो प्रहरीले जनाएको छ ।

दिउँसो साढे चार बजे हनुमानढोकामा फूलपाती भित्र्याइँदै

काठमाण्डाै । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नौ […]

बर्दियामा पाटे बाघले बेपत्ता बनाएकाे पुरुषकाे शव फेला

बर्दिया । बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ । पाटे बाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाकाे गोर क्षेत्रमा फेला परेको हो । हिजो दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई […]

सन्दीप बने ‘आईसीसी प्लेयर अफ द मन्थ’

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आईसीसीको प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । आईसीसीले गएको बुधवार सार्वजनिक गरेको प्लेयर अफ द मन्थका लागि सन्दीपसँगै बङ्गलादेशका स्पिनर नासुम अहमद र अमेरिकी ब्याटर जसकरन मल्होत्रा मनोनयनमा परेका थिए । […]

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा चारको मृत्यु

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसीएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा […]

कानून व्यवसायीद्वारा प्रधानन्यायाधीशको राजीनामा र महाअभियोग लगाउन माग

काठमाडौँ। कानून व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट उद्योगमन्त्री नियुक्त भएको भन्दै कानुनविदहरुले विरोध गरेका हुन् । शनिबार रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा कानुनविदले प्रधानन्यायाधीशको कडा आलोचना गरे ।  कार्यक्रममा बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेका छन् । उनले भने, ‘अहिलेको घटना जनसरोकारको विषय हो […]

रेडपाण्डाको छालासहित एक पक्राउ

बाँके । बाँके प्रहरीले नेपालगञ्जबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका– ४ बुद्ध मन्दिरबाट प्रहरीले जाजरकोट भेरी नगरपालिका– १ का २८ वर्षीय मणिराम सुनारलाई एकथान रेडपाण्डाको छालासहित पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा पुगेको प्रहरीले सुनारले बोकेको झोला जाँच गर्दा रेडपाण्डाको छाला बरामद भएको जनाएको छ। बाँके प्रहरीले रेडपाण्डाको छाला कहाँबाट […]

शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ: मन्त्री पौडेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार पदभार सम्हालेका छन् । पदभार सम्हाल्दै पौडेलले् शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै शिक्षामा आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम युक्त काम गर्ने पौडेलले बताए । आफ्नो वा कोही […]

नवनियुक्त मन्त्री सबैले शितल निवासमा लिए सपथग्रहण

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको […]