सन्दीप बने ‘आईसीसी प्लेयर अफ द मन्थ’

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आईसीसीको प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

आईसीसीले गएको बुधवार सार्वजनिक गरेको प्लेयर अफ द मन्थका लागि सन्दीपसँगै बङ्गलादेशका स्पिनर नासुम अहमद र अमेरिकी ब्याटर जसकरन मल्होत्रा मनोनयनमा परेका थिए । बङ्गलादेशी र अमेरिकी खेलाडीलाई पछि पार्दै सन्दीपले अवार्ड जितेका हुन् ।

गएको महिना ओमान भ्रमणमा ६ खेलमा १८ विकेट लिएर उत्कृृष्ट प्रदर्शन गरेपछि सन्दीप आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा परेका थिए ।

यस्तै महिलातर्फ इङ्ग्ल्यान्डकी कप्तान हिथर नाइटले वुमन्स प्लेयर अफ द मन्थको अवार्ड जितिन् । उनले आफ्नै देशकी चार्ली डिन र दक्षिण अफ्रिकाकी लिजेली लीलाई पछि पारिन् ।

Loading...