राैतहट, ४ असाेज । चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर अर्काे नमूना वस्तीकाे शिलन्यास गरेका छन् । उनले रौतहटका बाढीपिडितहरुका लागि एकीकृत नमूना सन्तपुर बस्तीको शिलान्यास गरेका हुन् । चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो । बुधबार बिहान […]
मुख्य समाचार
बँदेलको आक्रमणमा परी पाँचजना घाइते
कञ्चनपुर, ४ असोज । जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८ का […]
उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने ट्रम्पको धम्की
काठमाडाैं, ४ असाेज । संयुक्त राष्ट्र संघकाे महासभामा बाेल्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले उत्तरकाेरियाविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले उत्तरकाेरियालार्इ अब ध्वस्त पार्नुकाे विकल्प नरहेकाे दावी पनि गरेका छन् । राष्ट्रसंघको महासभामा पहिलो पटक बोल्दै ट्रम्पले उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनलार्इ ‘रकेट म्यान’काे संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘रकेट म्यान किम जोङ […]
रौतहटको बृन्दावनमा ठूलो झडप । झडपमा परी एकजनाको अवस्था गम्भीर
रौतहट, ३ असोज । रौतहटको बृन्दावन नगरपालिकाको मतगणना स्थलमा ठूलो झडप भएको छ । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् । झडपका कारण अहिले सो क्षेत्रको स्थिति निकै तनावग्रस्त भएको छ । झडप भएपछि मतगणनाको काम स्थगित भएको छ । स्रोतका अनुसार नेकपा एमालेका सांसद रामकुमार भट्टराई मतगणना स्थलमा पुगेपछि झडप भएकएको हो […]
सि जिनपिङ र डोनाल्ड ट्रम्पको फोन कुराकानी चर्चित
एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान फोन वार्ता भएको छ । उनीहरुबीच भएको ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले यसैबर्षको अन्त्यतिर चीनको भ्रमण गर्दै छन् । अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका बारेमा उनीहरुबीच […]
म्यान्मारमा अन्तरराष्ट्रिय निगरानी स्वीकार्य छ : सुकी
एजेन्सी । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुुकीले म्यानमारका रोहिङ्गाको बारेमा विश्वव्यापी रुपमा गरिएको आलोचनाको बचाउ गरेकी छन् । साथै रोहिङ्गा सङ्कटलाई लिएर अन्तरराष्ट्रिय समुदायले कडारुपमा निगरानी गरिरहेका भन्ने भनाइको जवाफ दिँदै यसबाट आफूलाई कुनै आपत्ति नहुने पनि बताएकी छन् । अहिलेसम्म म्यानमारबाट उक्त देशका चार लाखभन्दा बढी मुस्लिम नागरिक भागेर बङ्गलादेश पुग्न […]
विमलेन्द्र निधिको गाउँमा एमालेको प्यानलै विजयी
जनकपुर, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र तथा कांग्रेसका मधेशका प्रमुख नेता विमलेन्द्र निधिकाे गाउँमा नै नेकपा (एमाले)ले प्यानलसहित जित हासिल गरेकाे छ । एमालेले अहिलेसम्म धनुषा जिल्लाका दुर्इ ठाउँमा जित हासिल गरिसकेकाे छ । निधि धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकाका हुन् । उक्त गाउँपालिकामा एमाले प्यानलसहित विजयी भएकाे हाे । त्यसैगरी एमालेले […]
उर्जा राज्यमन्त्रीको क्षेत्रमा हेलिकप्टरबाट मतपेटिका आेसारियो
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा हेलिकप्टरबाट मतपेटिका आेसारिएको छ । सुगम मानिने तराईमधेसमा मतपेटिका आेसार्न हेलिकप्टर प्रयोग गर्नु परेको हो । लालबन्दी नगरपालिका अन्तर्गत नारायणखोलाको एउटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ । लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज मंगलबार बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको […]
बृहत कम्युनिष्ट पार्टी बनाउने भन्दै फुट्यो नेपाल मजदूर किसान पार्टी
भक्तपुर । चर्चित नेता नारायणमान बिजुक्छेले बर्षाैंदेखि नेतृत्व गर्दै आएको नेपाल मजदूर किसान पार्टी (नेपकिपा)मा विद्रोह भएको छ । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा विद्रोह भएको हो । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा नेमकिपा फुटेर नयाँ पार्टी बनेको छ । नयाँ पार्टीकाे नाम ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’ राखिएको छ । सोमबार एक बिज्ञप्ति जारी गरि […]









