विमलेन्द्र निधिको गाउँमा एमालेको प्यानलै विजयी

जनकपुर, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र तथा कांग्रेसका मधेशका प्रमुख नेता विमलेन्द्र निधिकाे गाउँमा नै नेकपा (एमाले)ले प्यानलसहित जित हासिल गरेकाे छ । एमालेले अहिलेसम्म धनुषा जिल्लाका दुर्इ ठाउँमा जित हासिल गरिसकेकाे छ ।

निधि धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकाका हुन् । उक्त गाउँपालिकामा एमाले प्यानलसहित विजयी भएकाे हाे । त्यसैगरी एमालेले धनुषाकाे हंशपुर नगरपालिकाकाे वडामा पनि जित हासिल गरेकाे छ ।

हंशपुर– १ मा एमालेका उम्मेदवार कामेश्वर कापर वडाध्यक्षमा निर्वाचित भएका छन । त्यस्तै, विमलेन्द्र निधिको गृहनगर मुखियापट्टी मुसहरनियामाको १ नम्बर वडामा एमालेका कौशल यादव र २ नम्बरमा नरेश यादव वडाध्यक्षमा निर्वाचित भएका छन ।

Loading...