काठमाडौं । मंसिरमा हुने प्रदेश र केन्द्र चुनावलाई लक्षित गर्दै नेपाल प्रहरीले करिब १ लाख म्यादी प्रहरीको लागि आवेदन माग गरेको छ । आज एक सुचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले यति ठुलो संख्यामा म्यादी प्रहरीको माग गरेको हो । प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा निर्वाचन अवधिभर ५५ दिनका लागि ९८ हजार दुई […]
मुख्य समाचार
नेकपा (संयुक्त)को सिङ्गो केन्द्रीय समिति माओवादी केन्द्रसँग विलय हुँदै
काठमाडौँ, २४ असाेज । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त)बीच एकता हुने भएकाे छ । नेकपा (संयुक्त)ले माअाेवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेकाे सार्वजनिक गरेकाे छ । साेमबार सम्पन्न नेकपा (संयुक्त)काे पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले […]
गोपाल खड्काले हवार्इ इन्धनमा पनि तीन करोड लुटेको अर्को रहस्य खुल्यो
काठमाडौं, २४ असाेज । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । हवाई इन्धनमा […]
यसरी भएको थियो गौचनको दिउसै गोली हानी हत्या
काठमाडौं, २४ असाेज । सोमबार दिउँसो तीन नबज्दै बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । घरबाट करिब तीन सय मिटरमात्रै अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्यो । गाडीको अगाडीको सिसामा प्वाल पर्यो । चालकले […]
राजधानीमा बन्दुकको बिगबिगी
काठमाडाै, २४ असाेज । शान्तिनगर क्षेत्रमा निर्माण व्यवसायी गौचनको हत्या हुनुभन्दा केही घन्टाअघि महानगरिय अपराध महाशाखाले काठमाडौंकै म्हैपीबाट एक पेस्तोल र तीन गोली सहित ३ जनालाई पक्राउ गरेको थियो । काभ्रेको रोशी नगरपालिका घर भएका छिरिङ तामाङ, संजय तामाङ र दिलिप तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पक्राउ […]
राजधानीमा दिउसै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या
काठमाडाैं, २३ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्षलाई राजधानीमा दिन दहाडै गोली हानी हत्या गरिएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि काठमाडौंको शान्तिनगरमा आज दिउसो गोली प्रहार गरिएको हो । गोली लागेर गम्भीर घाइते भएका गौचनलाई तत्काल नजिकै रहेको निजामति अस्पताल लगिएको थियो । मिनभवनस्थित सिभिल अस्पतालमा उपचार गर्दा गर्दै उनको निधन भएको हो । […]
आयल निगमका भ्रष्ट कार्यकारी निर्देशक खड्काको बचाउमा उत्रियो सर्वोच्च अदालत
काठमाडौँ, २२ असोज । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ […]
आगामी चुनावमा सबैभन्दा साना पाँच पार्टीले बनाए गठबन्धन
काठमाडौँ, २२ असोज । ‘सम्पूर्ण उत्पीडित समुदाय एक हौँ’ भन्ने नाराका साथ विभिन्न पाँचवटा स–साना दलले उत्पीडित गठबन्धन निर्माण गरेका छन् । गठबन्धनमा विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, भुवन सुनार नेतृत्वको नेपाल श्रमिक शक्ति पार्टी, मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टी, तारा विक नेतृत्वको संयुक्त दलित अधिकार मञ्च तथा शोवराती मन्सुर नेतृत्वको संयुक्त मुस्लिम […]
स्याललाई हानेको गोली मानिसलाई लागेपछि
सिन्धुली, २२ असोज । गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए । नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु […]
२५ वर्षदेखिसवारी साधनबाट लिइने राजश्व नबढ्दा अर्बौ घाटा
काठमाडौँ, २२ असोज । सार्वजनिक यातायातको भाडा बढाउन सक्रिय हुने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकका शुल्क वृद्धि गर्नेतिर ध्यान नदिँदा २५ वर्षदेखि राजश्व बढ्न सकेको छैन । यातायात व्यवसायीको दबाबमा सार्वजनिक यातायातको भाडा बढाउने विभागले व्यवसायीकै दबाबका कारण राजश्व नबढाउँदा वार्षिक अर्बौँ राजश्व घाटा भइरहेको छ । विसं २०४९ सालमा तोकिएको राजश्वमै अहिले पनि सवारी […]










