( कोभिड-१९) त्रास: प्रचण्डद्धारा आजदेखि दैनिक भेटघाट कार्यक्रम सबै बन्द

काठमाडौं, ६ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड ले आजदेखि दैनिक भेटघाट कार्यक्रम स्थगित गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट अनिश्चित कालको लागि स्थगित गरेका छन् । अध्यक्ष प्रचण्ड अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको अध्यक्ष प्रचण्डको निजी […]

दुई साताका लागि नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक

काठमाडौँ,५ चैत । कोरोना भाइरस ९कोभिड–१९० को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली […]

कुन ब्लड ग्रुपलाई कोरोनाको संक्रमण बढी खतरा, कुनलाई कम ? हेर्नुहोस!

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रका अनुसार (कोभिड-१९) को उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ए भएका मानिसमा यसको संक्रमण धेरै देखिने र रोग लागिसकेपछि अवस्था पनि गम्भीर हुने देखिएको छ। अर्कातिर ब्लड ग्रुप ओ भएका मानिसमा भने कोरोनाको संक्रमण कम हुने अध्ययनको प्रारम्भिक निष्कर्ष छ । वुहान […]

गणेश र अग्निबीच संसदमा रिक्त महासचिव बनाउनेबारे चर्काचर्की

काठमाडौं, ५ चैत । पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो । महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा । […]

द्वन्द्वको बेला बेपत्ता पारिएकाको सूची सार्वजनिक: हेर्नुस बेपत्ता हुनेहरु

भक्तपुर ४ फागुन । १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्‍यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो । बेपत्ता छानविन आयोगले २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ। उजुरीको आधारमा बेपत्ताहरुको सूची सार्वजनिक गरिएको […]

एसईई परीक्षा केन्द्रमा निस्शुल्क सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था

नवलपरासी, ३ चैत । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रवेशिका परीक्षा (एसईई) का परीक्षार्थीहरुका लागि सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था गरिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले सो व्यवस्था गरेको हो । परीक्षाका बेला विद्यार्थीलाई मानसिक तनाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको इकाईले जनाएको छ । इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले परीक्षा […]

भोलि देखि लागु हुनेगरी डिभी र गैरआप्रवासी भिसा रद्ध

काठमाडौं, ३ चैत । कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ ।भोलि (मंगलबार) देखि लागु हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो । ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनस्सञ्‍चालन गर्नेछौँ। तर, यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ’, […]

असिनापानीले चुटेर अर्घाखाँचीमा २ को मृत्यु, ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति

अर्घाखाँची, ०३ चैत । गत शनिबार अविलरल वर्षासँगै परेको असिनापानीले चुटेर अर्घाखाँचीमा २ जनाको ज्यान गएको छ । भने ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अघाँर्खाचीले जनाएको छ । अघाँर्खाचीका भूमिकास्थान नगरपालिकामा गत शनिबार परेको असिनापानीका कारण दुई जनाको मृत्यु भएको छ । करोडौको अन्नबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र अघाँर्खालीले […]

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा थप प्रतिबन्ध

युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन् । स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् (कोभिडढ-१९ ) बाट मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य […]

धादिङका हिमेश पन्त बने कमेडी च्याम्पियन

काठमाडौँ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए। धादिङका हिमेश युट्युबबाट परिचित […]