हनुमान ढोकामा चीर ठडयाइएसँगै औपचारिक रुपमा फागु पर्व सुरु

    काठमाडौँ, ११ फागुन । रंगहरुको पर्व होली, वसन्त ऋतुको आगमनसंगै फागुन शुक्ल अष्टमीका दिन शुक्रबार राजधानीको बसन्तपुर गद्दी बैठक अगाडी ‘चीर’ ९ रंगी बिरंगी छत्र सहित विशेषरूपले सजाएको लिङ्गो गाडिएको छ । ३२ हात अग्लो बासमा मयलको हाँगा साथै विभिन्न रगका रङ्गी विरङ्गी कपडा राखेर ठडयाइएसँगै देशभर होली पर्व सुरु भएको मानिन्छ । […]

दमनपूर्ण नीति लिएको भन्दै सरकार विस्तार नगर्दै प्रम केपी ओली देशभर पुत्ला दहन

काठमाडौ, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीद्वारा ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध आज देशैभरी केपी पुत्ला जलाउने कार्यक्रम हुँदै छ । चितवनको भरतपुर स्थित हाकिमचोकमा पुत्ला जलाउने काम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ । नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले नारासहित हाकिमचोकमा केपी ओलीको पुत्लामा आगो लगाएका छन् । पूर्वी कमाण्ड अन्तर्गत धनकुटाको पाखीबासमा […]

पम्फाले गृहमन्त्री दाबी गरेपछि बादल महातनावमा, पम्फा पहिलो महिला गृहमन्त्री हुने सम्भावना

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)को भागमा गृहमन्त्रालय परेपछि आकांक्षीको संख्या ह्वात्तै बढेको छ । गृहसहित ७ मन्त्रालय पाएको माओवादी केन्द्रलाई मन्त्री छन्न सकस भएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा अध्यक्ष दाहालको टोलीलाई जिम्मा दिएको छ । गृहमन्त्री बन्ने दौडधुपमा लाग्नेको संख्या करिब एक दर्जन नै छ । […]

ओली सरकारले जनताका राजनैतिक अधिकार कटौती गर्यो

काठमाडौं, ११ फागुन । सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप र नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले देशभर अन्तरक्रिया तथा कोणसभा गरेको छ । राजधानीमा पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जिल्लाहरुमा पार्टी र जनवर्गीय संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम र कोणसभा भएका छन् । कार्यक्रममा विभिन्न पार्टीका साथै […]

तीन दिन अघि नै पक्राउ परेका भनिएका मनोज यसरी प्रहरीको इन्काउन्टरमा मारिए

बुटवल, ९ फागुन । पछिल्लाे समय थुप्रै हत्यामा नाम जाेडिएका गुण्डा मनाेज पुन प्रहरीकाे गाेली लागी मारिएका छन् । अाजै बिहान उज्यालाे नहुँदै रुपन्देहीकाे देवदहमा उनी भिडन्तमै मारिएकाे प्रहरीले जानकारी दिएकाे छ । मनाेज उनका अर्का सहयाेगी साेम अालेसँगै अाजै बिहान मारिएकाे प्रहरीले बताए पनि उनी तीन दिन अगाडि नै गिरफ्तार परेकाे हल्ला चलेकाे थियाे […]

प्रहरीले गर्यो अर्को इन्काउन्टर : मारिए चर्चित गुण्डा नाइके मनोज पुन

काठमाडौं, ९ फागुन । प्रहरीले गरेकाे अर्काे एउटा इन्काउन्टरमा परी चर्चित गुण्डा नार्इके मनाेज पुन मारिएका छन् । पछिल्लाे समय ठूला ठूला हत्यामा नाम जाेडिने गरेका मनाेज पुन आफ्ना सहयोगीसँगै प्रहरी इन्काउन्टरमा मारिएका हुन् । गएराती रुपन्देहीको देवदहमा प्रहरीले उक्त इन्काउन्टर गरेकाे थियाे । प्रहरीले छापा मार्दा उल्टै प्रहरीमाथि अाक्रमण गरेर भाग्ने क्रममा पुन अाफ्ना […]

नेकपाद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा, ओलीको पुत्लादहनदेखि कडा प्रतिरोधसम्म

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले थप संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ । अाज मंगलबार नेपाल बन्दकाे अायाेजना गरेकाे नेकपाले थप चरणबद्ध कार्यक्रम घाेषणा गरेकाे हाे । गिरफ्तार गरिएका नेता कार्यकर्तालार्इ रिहा नगरे कडा प्रतिराेधमा उत्रने चेतावनी दिँदै नेकपाले घाेषणा गरेकाे पहिलाे चरणका कार्यक्रममा प्रधानमन्त्री केपी अाेलीकाे पुत्ला जलाउनेदेखि देशव्यापी प्रदर्शन गर्ने भनिएकाे छ […]

कमिसनको चक्करमा वैदेशिक रोजगार विभाग, नक्कली भिसामै दिइन्छ धेरैजसो श्रम स्वीकृति

काठमाडौं, ८ फागुन । सबैभन्दा बढी घुस र कमिसन चल्ने सरकारी कार्यालय मध्ये एक हाे । वैदेशिक रोजगार विभाग । वैदेशिक राेजगारमा जाने लाखाै नेपालीकाे भविष्यसँग जाेडिएकाे विभाग यतिसम्म गलत काम गरिरहेकाे छ कि नक्कली भिसामै धमाधम श्रम स्वीकृति दिइरहेकाे छ । याे विभाग सरकारकाे नीति नियम कानुन अनुसार नभर्इ मानव तस्करी गर्ने गिराेहकाे इसारामा […]

ओलीका चटक र निषेधको राजनीतिले देश बर्बाद पार्दैछ

शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिँदै गर्दा फागुन ३ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा लिखित गरेको सम्वोधनमा भने “मैले बल प्रयोग गरेर निर्वाचन गरेको भए मुलुक फेरि हिंसा र अस्थिरताको दुस्चक्रमा फस्ने थियो ।” सोही बेला कडा प्रतिपक्षीको छनक दिँदै केपी ओली भन्दै थिए कि चुनाव विथोल्ने नाममा देशभर भइरहेका विष्फोटका घटनामा […]

धरपकडको विरोधमा फागुन ८ गते नेपाल बन्द आव्हान

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै  कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको […]