धरान, ३ भदाै । कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ । सरकारले बाढीपीडितका लागि एक अर्ब ६० करोड पठाएको थियो । तर, अझै करिब ४० करोड रकम वितरण नभई थन्किएको पाइएको हो । बाढीका कारण कोसीले धार […]
मुख्य विशेष
अफिस समयमा चलाउनै नपाइने उर्दी जारी गरिएका सरकारी कार्यालयमा अब फेसबुक-ट्वीटर अनिवार्य
काठमाडौं, २ भदाै । सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल सञ्चालनका लागि […]
सडक निर्माणमा नमूना मानिएको कलंकी चोकको अञ्डरपास आजबाट सञ्चालनमा
काठमाडाैं, १ भदाै । नेपालकाे सडक पूर्वाधारमा नमूना मानिएकाे कलंकीकाे बन्दै गरेकाे अण्डरपासकाे सबै काम पूरा भएपछि अाजबाट सञ्चालनमा अाएकाे छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भएको ‘अण्डरपास’ नेपालकै पहिलाे अन्डरपास हाे । चक्रपथ सुधार अायाेजना अन्तरगत याे अन्डरपास निर्माण गरिएकाे हाे । चक्रपथ सुधार चीन सरकारकै अनुदान सहयोगमा चलिरहेकाे छ । आयोजनाका प्रमुख […]
पती-पत्नी तीन वर्षसम्म अलग बसे स्वतः सम्बन्ध विच्छेद, २० वटा कानुन खारेजीमा
काठमाडौं । आजबाट नयाँ मुलुकी ऐन लागु हुने भएको छ । नयाँ मुलुकी ऐनसँगै केही पुराना ऐन र कानुन र मान्यतामा परिवर्तन आउने भएको छ । मुलुकी फौजदारी, देवानी संहिता, मुलुकी अपराध संहिता, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)सहित पाँँच वटा ऐन कार्यान्वयन भएका छन् । योसँगै एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित […]
कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरिरहेको छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले झुटको खेती गरेर जनतालाई अन्योलमा राख्ने काम तत्काल बन्द गर्न कांग्रेसलाई आग्रह गरे । स्वस्थ प्रतिस्पर्धाका आधारमा राजनीति गर्न सुझाव दिँदै […]
बानेश्वरमा होस्टलको छतबाट खसेर एक विद्यार्थीको मृत्यु
काठमाडौं । बानेश्वरमा एक होस्टलको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ। प्रयाग मार्गस्थित ओम शान्ति होस्टेलको तेस्रो तलाको छतबाट खसेर सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णकी ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको हो। होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल, मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। थप […]
देशभरबाट नेकपाका दुई दर्जन बढी नेता कार्यकर्ता गिरफ्तार (नामावलीसहित)
काठमाडौँ । नेपाल बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका २ दर्जन नेता कार्यकर्ताहरु गिरफ्तार भएका छन् । प्रहरीले विभिन्न ठाउँबाट नेकपाका नेताकार्यकर्ता, सर्मथक, शुभचिन्तक र सर्वसाधारण गरी दर्जन बढीलाई गिरफ्तार गरेको छ । नेकपाका मेचीब्युरो सदस्य राम दास र असल लिम्बुलाई झापाबाट प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई झापाको इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । […]
एमाले कर्मचारी संगठनका नेताले उपसचिवलार्इ कुट्नुका साथै मन्त्रालयमा गरे तोडफोड
काठमाडौ, २९ साउन । सरकारकाे नेतृत्वय गरिरहेकाे पार्टी नेकपा निकट कर्मचारी संगठनका एक नेताले सिंहदरवारमा अाइतबार ठूलाे हाेहल्ला मच्चिने गरी अातंक मच्चाएका छन् । नेकपामा मिसिएकाे एमाले पार्टीकाे कर्मचारी संगठनका उपाध्यक्ष जीवन भन्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गर्इ उपसचिवलार्इ कुटपिट गरेका हुन् । सिंहदरवारभित्रै यसरी दादागिरी देखाउने कर्मचारी नेतामाथि कारवाही गर्नुपर्ने अावाज उठेकाे […]
नेकपाको बन्दका कारण देशभरको जनजीवन ठप्प, अवज्ञा गर्ने सवारीसाधनमा तोडफोड र आगजनी
बुटवल । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव विहानैबाट देशभर परेको छ ।बिहानी सेवाका स्कुल, कलेजहरु ठप्प छन् । बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ । मंगलबार विहानै नवलपुरको गैडाकोटमा दुई ट्रक आगजनी भएको छ । गैंडाकोटमा पराल बोकेका ट्रक र डोटीको बुडर नजिककै मालबाहक ट्रकमा आगजनी […]
प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश (पत्रसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। उनलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै पुत्र नरेन्द्रबहादुर सिंह विश्वकर्माले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको माग गर्दै रिट दायर गरेका थिए । सोहि रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो। ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने […]











