मिस वर्ल्डमा श्रृङ्खलाले जितिन एकैसाथ दुर्इ अवार्ड

काठमाडाैं, १७ मंसिर । चीनकाे सान्यामा भइरहेकाे मिस वर्ल्डकाे अन्तिम ३० का लागि भएकाे प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला खतिवडाले २ वटा महत्वपूर्ण सफलता हात पारेकी छन् । श्रृङ्खलाले मिस वर्ल्डको मल्टिमिडियासँगै ब्युटी विथ द पर्पस अवार्ड पनि जितेकी छिन्। यससँगै उनी दुर्इ वटा अवार्ड जितेर अन्तिम ३० मा पर्न सफल भएकी छन् । महत्पूर्ण दुर्इवटा अवार्ड […]

दाङमा गार्इ गोरुका तस्कर बढे, स्थानीयले तस्करका ६ वटा मोटरसाइल जलाइदिए

दाङ । दाङमा पछिल्लाे समय गार्इ र गाेरुका तस्कर अत्यधिक बढेका छन् । यसैक्रममा दाङकाे भैसहवामा स्थानीयले गाेरु तस्करका माेटरसाइकल जलाइदिएका छन् । दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा ती माेटरसाइकल जलाइएका हुन् । गाेरु तस्करीमा प्रयाेग गरिएका ६ वटा मोटरसाइकलमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन । गाउँमा अपरिचित व्यक्तिहरु पसेपछि विवाद बढेको […]

वाइडबडी घोटाला प्रकरण छानविन अघि नबढे नागरिक आयोग गठन गर्ने चेतावनी

काठमाडाैं, १६ मंसिर । ‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यलगायत १५१ बुँदे माग अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद काण्डबारेमा प्रभावकारी छानबिन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा उक्त अभियानले पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो चेतावनी दिएको हो । अभियानका अभियन्ता डा.सुरेन्द्र भण्डारीले […]

बढ्यो जाडो, हिमाली क्षेत्रमा आज हिउँ पर्ने सम्भावना

काठमाडौँ, १६ मंसिर । काठमाडौँ उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण लगातार बदली भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । अहिले काठमाडौँसहित पहाडी क्षेत्रको मौसम बदली भएको र दिनभरि नै यस्तै रहने उनले बताए । तर पानी पर्ने सम्भावना भने देखिएको […]

वार्डडबडी जहाज खरिदमा कुनै गल्ती र अनियमितता भएको पाइएमा तत्काल कारबाही गर्ने पर्यटन मन्त्रीको उदघोष

NAC-New-Aircraft

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वार्डडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् । उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई सहयोग गरिरहेको छ । यदि खरिद प्रकरणमा अनियमितता भएको भेटिए सरकारले कारबाही गर्छ […]

विदेशमा कमाएर पठाएको पैसाले मस्ती गर्ने श्रीमती विरुद्ध श्रीमान अदालतमा

काठमाडाै‌, १३ मंसिर । रोल्पा जिल्ला अदालतमा १ भदौ यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन्। नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउने क्रम बढेको रोल्पा जिल्ला अदालतले जनाएको छ। वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता […]

नासाको रोबोट मंगलग्रहमा उत्रेर पठाउन थाल्यो यस्ता चित्र, नासालार्इ अहिलेसम्मकै ठूलो सफलता

काठमाडौं, ११ मंसिर । अमेरिकी अन्तर्राष्ट्रिय अध्ययन संस्था (नासा)ले आफ्नो नयाँ रोबोटलाई मंगल ग्रहमा उतारेको छ। ‘द इनसाइट प्रोव’ नाम दिइएको यो रोबोटले मंगल ग्रहको भित्री सतहको अध्ययन गर्नेछ। पृथ्वीपछि कुनै ग्रहको यति गहिरो अध्ययन गर्न लागिएको पहिलो पटक हो। यो रोबोट नेपाली समयअनुसार मंगलबार बिहान करिब ३ बजेर ४० मिनट जाँदा मंगल ग्रहमा उत्रिएको […]

मापसे गरेर सवारी चलाउने महिलाको संख्या ह्वात्तै बढे

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४/७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको […]

मध्यराती घरमा आगलागी हुँदा परिवारका चार जनाको जलेर मृत्यु

झापा । झापाको शिवसतासी नगरपालिका-७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको ज्यान गएको छ । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । खनालको घरमा राति सवा १० बजेतिर आगो लागेको देखेको स्थानीयले बताएका छन् । स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारकको घरमा सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी […]

वायुसेवा निगमको वाइड बडीमा ६ अर्ब ५९ करोड घोटाला प्रकरण, लेखा समितिले खोल्यो रहस्य

काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद गर्दा धेरै त्रुटी भएको र ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको जिकिर गरेको छ । विमान खरिद प्रकरणबारे आइतबार पर्यटन मन्त्रालयका सचिव, नेपाल वायुसेवा निगमका उच्च अधिकारीसँग जानकारी लिदै समितिले यस्तो दाबी गरेको हो । समितिका सभापति भरत शाहले विमान किन्दा ६ अर्ब ५९ करोड रुपैयाँ […]