राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोगमा अनुसन्धान गरिदै

काठमाडौं, २५ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार […]

विवाह गर्न नमानेपछि बलात्कार मुद्दा

काठमाडौं, २४ माघ । विवाह गर्न वाचा तोडेपछि रौतहट विश्रामपुरका २९ वर्षीय अशोक गुप्ता बलात्कार तथा शरीर बन्धकको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् । गुप्ताले २२ वर्षीया युवतीसँग विवाह गर्ने वाचा तोडेका थिए । त्यस लगत्तै युवतीले गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएकी थिइन् । जाहेरीपछि गुप्तालाई प्रहरीले प्रक्राउ गरेको छ। उनी […]

अर्बौ भ्रष्टाचार काण्डका नार्इके चुडामणी शर्माको घरमा नेकपाले गर्यो तोडफोड (फोटाहरुसहित)

काठमाडौँ, २३ माघ । अर्बाै रकम भ्रष्टाचार गरेकाे अाराेप लागेका चुडामणी शर्माकाे घरमा नेपाल कम्युनिष्ट पार्टीले तोडफोड गरेको छ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता र स्थानीयले तोडफोड गरेका हुन् । सयाै कार्यकर्ता र जनतासहित चुडामणीकाे घरमा पुगेका नेकपाकाे टाेलीले शर्माकाे अाक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका […]

नेकपा र क्रान्तिकारी माओवादीबीच कार्यगत एकताको सहमति

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् । यसैबीचमा दुई पार्टीका शीर्ष नेताहरुबीच आइतबार वार्ता सम्पन्न भएको छ । वार्तामा क्रान्तिकारी शक्तिहरुका बीच ध्रुविकरणलाई बढाउन अझै छलफल गर्ने […]

स्याङ्जाका खाम्चा मगर पुगे बेलायती सेनाको अहिलेसम्मकै उच्च ओहोदामा

काठमाडौं, २२ माघ । बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् । बेलायती सेनाको उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा टोल खाम्चा मगर छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्ता स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् । बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि […]

एलडिओकै नेतृत्वमा गिटी बालुवा तस्करी

हेटौंडा, २१ माघ । सरकारले नविकरण नगर्दा अबैध बनेका क्रसर उद्योगहरुलाई कर्मचारीको सेटिङमा गिटी बालुवा तस्करीको बाटो खुलेको छ । विकास आयोजनाको नाममा क्रसर उद्योगहरुलाई जिल्ला समन्वय समितिले गिटी बालुवा उत्खनन्को अनुमति दिएपछि लुकिछिपी भइरहेको गिटी बालुवा तस्करी खुलमखुल्ला सुरु भएको हो । क्रसर ब्यवसायीहरुको लामो समयको दौडधुपपछि जिल्लास्थित नियमनकारी निकायहरुलाई सेटिङ मिलाएर जिल्ला अनुगमन […]

ओलीको धम्कीपछि प्रचण्डका सहयोगीले हटाए फेसबुक स्टाटस, के थियो एमालेलाई तरङ्गित पार्ने स्टाटस ?

काठमाडौं, २१ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया चलिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोपहरु लगाउदै लेखेको स्टाटस फेसबुकबाट हटाएका छन् । भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणको विषयलाई लिएर प्रचण्डका प्रेस संयोजक मनोहरी तिमल्सिनाले ओलीको चरित्रहत्या हुने गरी संगीन आरोप लगाएपछि […]

सुष्मालार्इ भेट्न ओलीलगायत सबै नेताहरुको होटेलमा लस्कर

काठमाडौं, २० माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलार्इ भेट्न वेटिङ प्राइमिनिस्टर मानिएका केपी अाेलीदेखि सबै दलका प्रमुख नेताहरु उनी बसेकाे हाेटलमा लाइन लागे । राष्ट्रियताकाे पक्षमा खुबै अडान लिए भनेर फुर्ती हाँकिरहने केपी अाेली त्याे लस्करकाे सबैभन्दा अगाडि थिए । छिमेकी देशकाे विदेशमन्त्री अाउँदा नेताहरुकाे लस्कर किन लाग्याे भन्ने जिज्ञासा सबैलार्इ लागेकाे छ । कालिमाटी […]

दुर्इ नम्बर प्रदेशमा दौरा सुरुवाल लगाउन नपाइने

जनकपुरधाम, १९ माघ । सङ्घीय संरचनामा देश गएपछि अब सबै प्रदेशले अाअाफ्ना सरकारी भाषादेखि मुख्य पाेशाकहरु ताेक्ने भएका छन् । यसैबीच दुर्इ नम्बर प्रदेशमा काेट दाैरा सुरुवाल लगाउन नपाइने भएकाे छ । प्रदेश सभाकाे पहिलाे बैठकले सभाकाे मर्यादा पालकका रुपमा रहने कर्मचारीहरुलार्इ अब दाैरा सुरुवाल लगाउन नपाउने व्यवस्था गरेकाे हाे । बैठकले अाैपचारिक पाेशाकका रुपमा […]

पराजुलीको नागरिकताको प्रतिलिपि माग्दै सिडियो कार्यालयमा पुगे डा. गोविन्द केसी

काठमाडाैं, १७ माघ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा. गोविन्द केसी काठमाडाैं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताकाे प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् । केसी बुधबार बिहान १० बजे बबरमहलस्थित जिल्ला प्रशाशन कार्यलय पुगेका हुन् । उनले सूचनाको हक अन्तर्गत निवेदन दर्ता गरी […]