प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ

२७ साउन, जनकपुर । जनकपुरमा एमबिएसको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् ।

स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका थिए ।

सोमबार राराव क्याम्पसमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेलगत्तै एमबीएस प्रथम सेमेस्टरमा सहभागी एक परीक्षार्थीले नै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेको आरोपमा एक पसल सञ्चालकसहित ५ विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परीक्षा हलबाट सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराइरहेको अवस्थामा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने लिलाराज शिवभक्ति, जनकपुरधाम उपमहानगरपालिका वडा १२ बस्ने सोनुकुमार साह, सोही स्थानका लालबाबु मण्डल, सोही स्थानका सुजितकुमार मण्डल र सर्लाही इश्वरपुरका अविनाश महतोलाई पक्राउ गरेको हो ।

राराब क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तर्गत तथ्याङ्कशास्त्र विषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको थियो । स्थानीय सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गगरिएको प्रहरीले स्पष्ट पारेको छ ।

Loading...