माओवादी केन्द्रमा संस्थापनभन्दा विद्रोहीहरु हावी, साथ छोड्नेहरुलार्इ मात्र अवसर दिएको चर्को असन्तुष्टि

Maoist-Office

काठमाडौं, १५ फागुन । पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् । केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले पठाएका थापा र यादव कुनै समय पुष्पकमल दाहाल नेतृत्वको मूल पार्टीबाट अलग भएका थिए । मूल पार्टीमा फर्केको केही समयमै थापाले गृह र यादवले […]

बाध्य भएर आत्मसमर्पण गरेका टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकियो

कैलाली, १४ फागुन । लामाे समयदेखि फरार अवस्थामा बसेका टिकापुर घटनाका अभियुक्त रेशम चाैधरीकाे बयान सकिएकाे छ । चाैधरीले जिल्ला अदालत सामु अात्मसमर्पण गरेपछि अाज उनकाे जिल्ला अदालतमै बयान लिइएकाे हाे । चाैधरीकाे बयान सकिएपछि अब उनकाे मुद्दामाथिकाे बहस सुरु भएकाे कैलाली जिल्ला अदालतस्राेेतले जानकारी दिएकाे छ । अाफूले गल्ती नगरेकाे दावी गर्दै कुनै हालतमा […]

कांग्रेसले समानान्तर सरकार चलाउने, ओलीले बनाउने सबै मन्त्रीविरुद्ध कांग्रेसले पनि अाफ्ना मन्त्रीहरु तोक्ने

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसले केपी अाेली सरकारका विरुद्ध समानान्तर सरकार गठन गर्ने भएकाे छ । समानान्तर सरकार गठन गरी केपी अाेली नेतृत्वकाे सरकारलार्इ कडा टक्कर दिने निर्णय कांग्रेसले गरेकाे हाे । यस्ताे समानान्तर सरकार संघीय र प्रदेश दुबै तहमा हुने कांग्रेसले जनाएकाे छ । कांग्रेसले यसलार्इ छाया सरकार भनेकाे छ । अाेलीले जुन […]

सी जिनपिङ तेस्रो कार्यकाल राष्ट्रपति हुने पक्का, सी जिनपिङ विचारधारा संविधानमा समावेश

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो पटक राष्ट्रपति बन्ने पक्का देखिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले कुनै पनि व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई हटाउने प्रस्ताव गरेपछि दोस्रो कार्यकाल राष्ट्रपति भएका सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुलेको हो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेकाे समाचार अनुसार चिनियाँ कम्युनिस्ट […]

सबैले साथ छोडेर एक्ला भएका बाबुरामले अब पार्टीको नाम फेर्ने

काठमाडौं, १३ फागुन । सहकर्मीहरुले साथ छाेड्दै गएपछि एक्ला भएका डा. बाबुराम भट्टराईले अब अाफ्नाे पार्टीकाे नाम पनि फेर्ने भएका छन् । नयाँ शक्ति नेपाल भनेर एक वर्षअघि गठन गरिएकाे पार्टीकाे नामलार्इ बदल्ने निर्णय गरेका हुन् । पार्टीकाे संघीय परिषदकाे विस्तारित बैठकबाट बाबुरामले उक्त निर्णय गराएका हुन् । लुम्बिनीमा बसेकाे परिषदकाे विस्तारित बैठकले एक वर्षभित्र […]

६ नम्बर प्रदेशको राजधानी जुम्ला राख्नुपर्ने प्रस्ताव

सुर्खेत, १२ फागुन । प्रदेश नम्बर ६ काे राजधानी जुम्ला प्रस्ताव गरिएकाे छ । प्रदेश सभाकाे बैठकमा उक्त नाम लगिने भएकाे छ । शनिवार बस्न लागेकाे प्रदेश सभाकाे बैठकमा प्रदेशकाे राजधानी कहाँ राख्ने भन्ने सम्बन्धमा २ वटा प्रस्ताव लगिएकाे छ । प्रस्तावमा अहिले ताेकिएकाे अस्थायी केन्द्र सुर्खेत नै हुने वा जुम्ला राख्ने भन्ने उलेलेख गरिएकाे […]

प्रचण्डले छाने मन्त्री, जनार्दन आउट शक्ति इन, बादलकै कारण पम्फामाथि यस्तो

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)ले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् । विहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा तीन नेतालाई दिएको थियो । शुक्रबार बसेको तीन सदस्यीय बैठकले पार्टीको भागमा परेका सातै जनाको […]

हनुमान ढोकामा चीर ठडयाइएसँगै औपचारिक रुपमा फागु पर्व सुरु

    काठमाडौँ, ११ फागुन । रंगहरुको पर्व होली, वसन्त ऋतुको आगमनसंगै फागुन शुक्ल अष्टमीका दिन शुक्रबार राजधानीको बसन्तपुर गद्दी बैठक अगाडी ‘चीर’ ९ रंगी बिरंगी छत्र सहित विशेषरूपले सजाएको लिङ्गो गाडिएको छ । ३२ हात अग्लो बासमा मयलको हाँगा साथै विभिन्न रगका रङ्गी विरङ्गी कपडा राखेर ठडयाइएसँगै देशभर होली पर्व सुरु भएको मानिन्छ । […]

दमनपूर्ण नीति लिएको भन्दै सरकार विस्तार नगर्दै प्रम केपी ओली देशभर पुत्ला दहन

काठमाडौ, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीद्वारा ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध आज देशैभरी केपी पुत्ला जलाउने कार्यक्रम हुँदै छ । चितवनको भरतपुर स्थित हाकिमचोकमा पुत्ला जलाउने काम सम्पन्न गरेको नेकपा चितवनले जनाएको छ । नेकपाका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले नारासहित हाकिमचोकमा केपी ओलीको पुत्लामा आगो लगाएका छन् । पूर्वी कमाण्ड अन्तर्गत धनकुटाको पाखीबासमा […]

पम्फाले गृहमन्त्री दाबी गरेपछि बादल महातनावमा, पम्फा पहिलो महिला गृहमन्त्री हुने सम्भावना

काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)को भागमा गृहमन्त्रालय परेपछि आकांक्षीको संख्या ह्वात्तै बढेको छ । गृहसहित ७ मन्त्रालय पाएको माओवादी केन्द्रलाई मन्त्री छन्न सकस भएको छ । विहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले मन्त्रीको नाम छान्ने जिम्मा अध्यक्ष दाहालको टोलीलाई जिम्मा दिएको छ । गृहमन्त्री बन्ने दौडधुपमा लाग्नेको संख्या करिब एक दर्जन नै छ । […]